May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

भरी भन्दै खाली सिलिण्डर बिक्री, उद्योगलाई दुई लाख जरिवाना

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १0:१६
भरी भन्दै खाली  सिलिण्डर बिक्री, उद्योगलाई दुई लाख जरिवाना

सिलप्याक सिलिण्डर खाली भेटिएपछि आइतबार दुई लाख रुपैयाँ जरिवाना

काठमाडौँ

सिलप्याक गरेर बिक्रीका लागि बजारमा पठाएको ग्यास सिलिण्डर खाली भेटिएपछि कोशी ग्यास उद्योगलाई वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।

मोरङको बुढिगंगामा रहेको कोशी ग्याँस उद्योगले बिक्रीका लागि बजार पठाएको सिलप्याक सिलिण्डर खाली भेटिएपछि आइतबार दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

विराटनगर–९ ट्राफिक चोकमा उपभोक्ताले खरिद गरेको सिलप्याक सिलिन्डर खाली भेटिएको थियो ।

विराटनगरस्थित कोशी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङ्गबाट खरिद गरेको ग्यास सिलिण्डर खाली भएको पाएपछि उपभोक्ताले वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयमा गुनासो गरेका थिए ।

कार्यालयका प्रमुख हितेश बस्नेतसहितको टोलीले आइतबार अनुगमन गर्दा गडबढी देखिएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

उद्योगले लापरवाही गरेको देखिएपछि जरिवाना गरेको बस्नेतले बताए । डिलर सञ्चालक केशव श्रेष्ठले उद्योगबाट आएको शिलप्याक ग्याँस आफूले बिक्री गरेको बताएका छन् ।

कोशी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्ययले उद्योगबाट सही तरिकाले उद्योगले बजारमा सिलिण्डर पठाएको दाबी गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १0:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।