May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

भ्रष्टाचार त परै जाओस्, सरकारमा हुँदा कानुन पल्टाइपल्टाई फैसला गर्ने मान्छे हुँ म : केपी ओली

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० ११:१६
भ्रष्टाचार त परै जाओस्, सरकारमा हुँदा कानुन पल्टाइपल्टाई फैसला गर्ने मान्छे हुँ म : केपी ओली
  •  आफूले कानुनी रुपमा हत्कडी लगाउने ठाउँ राखेको छैन सरकारमा रहँदा 
  • म भ्रष्टाचारमा संलग्न हुन्न भन्ने थाहा हुने मान्छे पनि ऐले मेराविरुद्ध बोलिराछ 
  •  म सरकारमा हुँदा  कानुन पल्टाइपल्टाई फैसला गर्ने गरेको छुु, 

काठमाडौं ।।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहँदा आफूले कानुनी रुपमा हत्कडी लगाउने ठाउँ नराखेको बताएका छन् । एमालेसम्वद्ध भूपू सैनिक तथा प्रहरी संगठन, भक्तपुरको कार्यक्रममा बिहीबार अध्यक्ष ओलीले केही मानिसहरु आफ्नाविरुद्ध लागेको बताए ।

‘अस्ति एउटा पुलिसको अफिसर बोलेको देखेको थिएँ मेरै नाम लिएर’ अहिले फोहोरी हावा बगेको भन्दै उनले भने, ‘हिजो मेरो मातहतमा बसेर काम गरेको हो । उसलाई राम्ररी थाहा छ, म कुनै भ्रष्टाचारमा संलग्न हुन्न, नराम्रो काम गर्दिन भन्ने देखेको छ, तर आज कसका लागि मेराविरुद्ध बकवास गरेर हिँड्छ ?’

यत्रो भ्रष्टाचार र तस्करीको काण्डहरु भएका बेला पनि एमालेले गर्‍यो भनेर भ्रम छरिएको उनले बताए । अब पनि केपी ओलीलाई हत्कडी लाग्यो, जेल गयो भनेर प्रचार गर्न सक्ने उनले बताए । हिजो मन्त्री वा प्रधानमन्त्री हुँदा आफूले कानुनी रुपमा हत्कडी लगाउने कुनै पनि ठाउँ नराखी काम गरेको ओलीले बताए ।

‘पहिले पञ्चायत कालमा जस्तै झुटैमा जाने हो भने बेग्लै कुरा हो’ हुँदै नभएको कुरामा १० वर्ष सजाय भनेर सुनाएको र त्यो अवधि पूरा भएपछि पनि ४ वर्ष त्यसै थुनेको भन्दै उनले अगाडि भने, ‘तर कानुनले हत्कडी लगाउनसक्ने कुनै ठाउँ केपी ओलीले राख्दै राख्दैन, राखेको छैन ।’आफ्ना विरोधीहरु छन्, उनीहरु कुनै पनि बेला जाइलाग्न सक्छन् भन्ने बुझेर आफू निकै सतर्क भएको र शब्दशब्द हेरेर मात्र निर्णय गरेको उनको दाबी छ ।

आफूलाई कसैले गोली हान्न सक्ने तर कानुनी रुपमा हत्कडी लगाउन नसक्ने भन्दै ओलीले अगिाडि भने, ‘म प्रधानमन्त्री हुँदा, म परारष्ट्रमन्त्री हुँदा, म गृहमन्त्री हुँदा मेरा काम कारबहीहरुमा एक शब्द नचिप्लिओस् भनेर मैले कानुन पल्टाइपल्टाई फैसला गर्ने गरेको छुु, निर्णय गर्ने गरेको छु ।’

माकुराको जालोमा भैंसी फस्दैन भन्ने बुझ्नुपर्ने उनले बताए । ‘यिनीहरु माकुरोका जालो बनाउन हिँड्छन् केपी ओलीलाई पार्न’ उनले भने, ‘केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न जिउले थाहा पाउँछ । केपी ओली आफ्नो देश बनाउने अभियानमा अगाडि बढेको छ । तपाईंहरु विश्वस्त रहनुस् ।’

सुनकाण्डलाई लुकाउन गिरिबन्धु टी इस्टेट केपी ओलीले खायो भनेर झुटा प्रचार गरिएको उनको दाबी छ । ‘पहिले पटकपटक गरेर ७० विघा बेचेको थियो उहाँहरुकै सरकारले’ आफू आएपछि कानुनबिना बेच्नै हुँदैन, कानुन बनाउनुपर्छ भनेर कानुन बनाएको भन्दै उनले भने, ‘कानुन भएपछि भ्रष्टाचारको लेनदेन चाहिँदैन भनेर कानुन बनाइदिएँ । अनि चाहिँ भ्रष्टाचार भयो रे ? ओलीले अगाडि भने, ‘यो सबै चिल आयो चिल आयो भन्ने, कुखुरा लिएर कुद्ने भन्दा बढी केही होइन ।’

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० ११:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।