April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

केपी ओलीले नै देशलाई संकटमा लैजाँदैछन् : घनश्याम भुसाल

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० १६:0६
केपी ओलीले नै देशलाई संकटमा लैजाँदैछन् : घनश्याम भुसाल
  • गालीगलौजको राजनीति केपी शर्मा ओलीले सुरु गरे
  • प्रधानमन्त्री मुलुकको सबभन्दा ठूलो गुरु हो 
  • उसले राम्रो वा नराम्रो जे पढाए पनि करोडौंले एकै पटकमा सिक्ने

काठमाडौं ।।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले निन्दा भत्र्सना र गालीगलौजको राजनीति केपी शर्मा ओलीले सुरु गरेको बताएका छन् । पार्टी सम्वद्ध विद्यार्थी संगठनको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले प्रधानमन्त्री मुलुकको सबभन्दा ठूलो गुरु भएको बताए ।

उसले राम्रो वा नराम्रो जे पढाए पनि करोडौंले एकै पटकमा सिक्ने भन्दै भुसालले भने, ‘आज नेपाली राजनीति, सामाजिक मिडियामा निन्दा भत्र्सना, गालीगलौजको डरलाग्दो बाढी आएको छ, यो विकृतिको करण ओलीजी हो ।’ ओलीको व्यक्तिवादी लोक रिझ्याईको राजनीति ठक्कर खाएपछि नयाँ पपुलिस्टहरु आएको भुसालले बताए ।

नयाँ राजनीतिक दलहरुतर्फ संकेत गर्दै उनले भने, ‘तिनीहरुले राजनीतिलाई असाध्यै सस्तो ठानेका छन् । तिनका कुरा सुन्नुस्, भाषा सुन्नस्, राजनीति केही होइन, चुट्कीका भरमा गर्ने हो भनेर सोच्दैछन् ।’ यो फन्टुस नयाँ जेनेरेसन भएकाले नै आफूले ओलीको मानषपुत्र भनेको भुसालको तर्क छ ।

एमालेले हस्तक्षेप नगर्ने उनको दाबी छ । ओलीकै कारण एमाले झन संकटग्रस्त बस्ने भन्दै उनले सुनाए, ‘जति संकटग्रस्त बन्छ, अझबढी ओली भक्ति चाहन्छ । जति बढी भक्ति हुन्छ, त्यति बढी संकट आउँछ । जति बढी संकट आउँछ, त्यति नै बलियो, ओलीप्रति समर्थण, पूजाले मात्र पूरा गर्छ ।’ ‘संकटमा पर्ने, अझबढी ओलीवादी हुने, संकटमा पर्ने, अझ बढी ओलीवादी हुने एमालको प्रवृत्ति हो । यसबाट एमाले १-२-३ निस्कन सक्दैन’, उनले अघि भने ।

संविधानलाई कार्यान्वयन गरेर मुलकलाई निकास दिन कांग्रेसको सिद्धान्तले नदिने उनको दाबी छ । एकीकृत समाजवादीका महासचिव भुसाल भन्छन्, ‘यो बेलामा हाम्रो भूराजनीतिका कारणले हाम्रो समाजको विविधताभित्र खेलेर हामीलाई भाँड्ने, भड्काउने, आपसमा जुधाउने शक्तिहरु विस्तारै सक्रिय हुँदैछन् ।’

सामाजिक सञ्जाल हेर्ने हो भने कताकता धार्मिक वा जातीय विद्वेषका रुपमा देखिन थालेको उनले बताए । नेपालको विविधता असाध्यै सुन्दर भए पनि गरिबीलाई हस्ताक्षेप गर्न नसक्ने हो भने संकट आउन सक्ने भुसालले बताए । ‘कंगालीको विविधताले डरलाग्दो परिणाम ल्याउनसक्छ । यो गोदामको बारुद जस्तो हुनसक्छ ।

कुनै पनि बेला राष्ट्रिय जीवन भताभुङ्ग हुने दिशामा जान सक्छ’, उनले भने । संविधानलाई कार्यान्वयन गर्दै भविश्यतर्फ डोहोर्याउने प्रगतिशील शक्ति आवश्यक रहेको समाजवादीका महासचिव भुसालले बताए ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।