काठमाडौं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ ।संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ ।
र, समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डा गरेका छन्, जसमा रास्वपा र राप्रपालाई समावेश गरिएको छैन । सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ ।