April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

मुम्बई र हैदराबादको खेलमा रेकर्डमाथि रेकर्ड, हैदराबाद ३१ रनले जित्यो

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:४२
मुम्बई र हैदराबादको खेलमा रेकर्डमाथि रेकर्ड, हैदराबाद ३१ रनले जित्यो

इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा एउटा प्रतियोगितामा ५२३ को रेकर्ड बनेको छ। गएराति भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भयो। उसले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको छ।​

हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले दिएको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४६ रन बनायो।

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६४ रनको योगदान गरे। उनले त्यस्तै टिम डेविड ४२ र रोमारियो सेपहर्ड १५ रनमा अविजित रहे। नमन धिरले ३० रनको योगदान गर्दा इशान किसन ३४ रनमा आउट भए। रोहित शर्मा २६ र कप्तान हार्दिक पाण्ड्या २४ रन बनाउँदै पेभिलियन फर्किएका थिए।

मुम्बईलाई रोक्न हैदराबादका लागि जयदेव उनाडकर्ड र कप्तान प्याट कमिन्सले दुई दुई विकेट लिँदा एक विकेट शाहबाज अहम्मदले लिए।

त्यसअघि घरेलु टोलीले ३ विकेट गुमाएर २७७ रन बनाएको थियो। उक्त लक्ष्य आईपीएल इतिहासकै सर्वाधिक ठुलो लक्ष्य हो। यसअघि २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुने वारियर्स इन्डियाविरुद्ध २६३ रन बनाएको थियो।

हैदराबादका लागि हेनरिक क्लेसन, अभिसेक शर्मा र ट्राभिस हेडले अर्धशतक बनाए। शर्माले ६३ रन बनाए भने ओपनर हेडले ६२ रनमा आउट भए। दोस्रो विकेटका लागि शर्मा र हेडले २३ बलमा ६८ रनको सानदार साझेदारी गरे। ​

क्लेसनले ३४ बलमा ४ चौका र ७ छक्काको सहयोगमा अविजित ८० रन बनाए। एडेन माक्ररमले अविजित ४२ रन बनाए। क्लेसन र माकरमले ५५ बलमा अविजित १ सय १६ रनको साझेदारी गरे।

मुम्बईका लागि हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाको नाममा १–१ विकेट रह्यो। जितसँगै हैदराबादले पहिलो दुई अंक जोडेको छ। मुम्बईको भने यो लगातार दोस्रो हार हो। प्रतियोगिता अन्तरगत आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आमने सामने हुनेछन्।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १0:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट