sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सभापतिको भागवण्डा विवादले तिव्र रुप लियो

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १४:३0
सभापतिको भागवण्डा विवादले तिव्र रुप लियो
  • कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागवण्डालाई लिएर तिव्र विवाद
  • चारमध्ये दुई सभापति आफ्नो पक्षले प्राप्त गर्नुपर्ने शेरबहादुरको अडान

काठमाडौं ।।

नेपाली कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागवण्डालाई लिएर तिव्र विवाद देखिएको छ । सभापति शेरबहादुर देउवाले सभापति चयन अघि सल्लाह नगरेको र आफूखुसी व्यक्ति छनोट गरेका आफ्नो तर्फबाट कुनै पनि व्यक्ति सभापति नहुने संस्थापनइतरले जनाएको छ ।
सत्ता गठबन्धनको भागवण्डामा कांग्रेसले राज्य व्यवस्था तथा सुशासन, संसदीय सुनुवाई, अर्थ, कृषि सहकारी तथा प्राकृतिक स्रोत गरि चार समितिको सभापति पाएको थियो ।

चारमध्ये दुई सभापति आफ्नो पक्षले प्राप्त गर्नुपर्ने अडान संस्थापनइतरले राख्दै आएको थियो । केही दिन अघि सभापतिलाई भेटेको संस्थापनइतरका नेता डा.शेखर कोइरालाले दुई जना आफ्नो तर्फबाट हुनुपर्ने कुरा राखेका थिए । महामन्त्री गगन थापाले दुई जना आफ्नो तर्फबाट नभए अस्विकार गर्नुपर्ने शेखरलाई सुझाव दिएका थिए । तर सभापति देउवाले एउटा समितिको सभापति मात्र शेखर गगन समूहलाई दिन चाहे । उनले संसदीय सुनुवाई समितिको सभापति शेखर-गगन समूहलाई छुट्याएका थिए ।

तर शेखर–गगन समूहले नाम दिन अस्वीकार गरेको छ । ‘जुनसुकै गुटबाट गरेपनि हुने पार्टीकै मान्छे हो । कस्तो मान्छे गर्ने, कसरी गर्नेरु व्यक्तिको नाममा गुटको भागवण्डा होला,’ संस्थापनइतरका एक नेताले भने, ‘कुन समिति लिने भन्ने कुरामा नेताहरुसँग सल्लाह नै गर्नै नपर्ने हो ?’अरु समिति सभापतिको नाम टुंगो लगाइसकेपछि बैठक बस्नुको औचित्य नहुने उनले बताए ।

संस्थापन पक्षले राज्य व्यवस्था तथा सुशासनको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाईमा जीवन परियार, अर्थमा सन्तोष चालिसे, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा आरजु राणाको नाम सार्वजनिक गरेको थियो । दुबै समूहको हुने गरी चालिसेलाई समेटिएको देउवा पक्षको दाबी छ । तर शेखर गगन समूह यसलाई स्वीकार्न तयार छैन । दुई जना आफ्नो पक्षबाट हुनुपर्ने र सभापति हुने व्यक्तिको क्षमता हेरेर छनोट गर्नुपर्ने नेताहरुको अडान छ ।

सभापति देउवाले छुट्याइदिएको समितिमा लुरुलुरु नजाने इतर पक्षका नेता बताउँछन् । ‘संसदीय सुनुवाई समिति नाम मात्रैको समिति हो । त्यसको बैठक औपचारिकताका लागि मात्रै बस्छ’ संस्थापनइतका नेता भन्छन्,‘त्यो समितिको सभापतिको काम गाडी चढ्ने बाहेक केही हुन्न ।’ समिति सभापतिका लागि सोमबार निर्वाचन समय तोकिएको छ । उम्मेदवारको दर्ता आज छ ।

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid