May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

गणतन्त्रको जग हल्लिनेगरी पूर्वराजाको शक्ति प्रदर्शन

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १७:१७
गणतन्त्रको जग हल्लिनेगरी पूर्वराजाको शक्ति प्रदर्शन
  • सालिक अनावरण गरेर पूर्वराजा ज्ञानेन्द्र शाह बिर्तामोड फर्के 
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १५ दिनदेखि झापा मै व्यस्त 
  • पूर्वराजा शाह कार्यक्रमस्थलमा पुग्दा सँगसँगै देखिए

बिर्तामोड (झापा)।। 

पृथ्वीनारायण शाहको सालिक अनावरण गरेर पूर्वराजा ज्ञानेन्द्र शाह बिर्तामोडस्थित इकम कलेजबाट फर्किसकेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को शक्ति प्रदर्शनसहितको स्वागतमा सो कलेज पुगेका शाहलाई बस्ने विशेष आसनको समेत व्यवस्था थियो। इकम कलेज प्राङ्गणमा बनाइएको सो सालिक अनावरणका लागि पूर्वराजा शाह शुक्रबार (हिजो) बेलुकी नै झापा पुगिसकेका थिए।

मेचिनगरस्थित एक होटलमा रात बिताएका पूर्वराजा शाहले सो कलेजमा आयोजित कार्यक्रममा झण्डै आधा घन्टा समय बिताए। काठमाडौंमा दुई दिनअघिमात्रै राजसंस्थाको पक्षामा प्रदर्शनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानलाई बेवास्ता गरेका शाहको ‘क्रेज’ देखाउन राप्रपाको भव्य तयारी थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १५ दिनदेखि सोही कार्यक्रमको तयारीका लागि झापा गएका थिए। कात्तिक २५ देखि झापामा बसेका लिङ्देन शनिबार पूर्वराजा शाह कार्यक्रमस्थलमा पुग्दा सँगसँगै देखिए।

 

 

 

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १७:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।