April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सभापतिको भागवण्डा विवादले तिव्र रुप लियो

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १४:३0
सभापतिको भागवण्डा विवादले तिव्र रुप लियो
  • कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागवण्डालाई लिएर तिव्र विवाद
  • चारमध्ये दुई सभापति आफ्नो पक्षले प्राप्त गर्नुपर्ने शेरबहादुरको अडान

काठमाडौं ।।

नेपाली कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागवण्डालाई लिएर तिव्र विवाद देखिएको छ । सभापति शेरबहादुर देउवाले सभापति चयन अघि सल्लाह नगरेको र आफूखुसी व्यक्ति छनोट गरेका आफ्नो तर्फबाट कुनै पनि व्यक्ति सभापति नहुने संस्थापनइतरले जनाएको छ ।
सत्ता गठबन्धनको भागवण्डामा कांग्रेसले राज्य व्यवस्था तथा सुशासन, संसदीय सुनुवाई, अर्थ, कृषि सहकारी तथा प्राकृतिक स्रोत गरि चार समितिको सभापति पाएको थियो ।

चारमध्ये दुई सभापति आफ्नो पक्षले प्राप्त गर्नुपर्ने अडान संस्थापनइतरले राख्दै आएको थियो । केही दिन अघि सभापतिलाई भेटेको संस्थापनइतरका नेता डा.शेखर कोइरालाले दुई जना आफ्नो तर्फबाट हुनुपर्ने कुरा राखेका थिए । महामन्त्री गगन थापाले दुई जना आफ्नो तर्फबाट नभए अस्विकार गर्नुपर्ने शेखरलाई सुझाव दिएका थिए । तर सभापति देउवाले एउटा समितिको सभापति मात्र शेखर गगन समूहलाई दिन चाहे । उनले संसदीय सुनुवाई समितिको सभापति शेखर-गगन समूहलाई छुट्याएका थिए ।

तर शेखर–गगन समूहले नाम दिन अस्वीकार गरेको छ । ‘जुनसुकै गुटबाट गरेपनि हुने पार्टीकै मान्छे हो । कस्तो मान्छे गर्ने, कसरी गर्नेरु व्यक्तिको नाममा गुटको भागवण्डा होला,’ संस्थापनइतरका एक नेताले भने, ‘कुन समिति लिने भन्ने कुरामा नेताहरुसँग सल्लाह नै गर्नै नपर्ने हो ?’अरु समिति सभापतिको नाम टुंगो लगाइसकेपछि बैठक बस्नुको औचित्य नहुने उनले बताए ।

संस्थापन पक्षले राज्य व्यवस्था तथा सुशासनको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाईमा जीवन परियार, अर्थमा सन्तोष चालिसे, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा आरजु राणाको नाम सार्वजनिक गरेको थियो । दुबै समूहको हुने गरी चालिसेलाई समेटिएको देउवा पक्षको दाबी छ । तर शेखर गगन समूह यसलाई स्वीकार्न तयार छैन । दुई जना आफ्नो पक्षबाट हुनुपर्ने र सभापति हुने व्यक्तिको क्षमता हेरेर छनोट गर्नुपर्ने नेताहरुको अडान छ ।

सभापति देउवाले छुट्याइदिएको समितिमा लुरुलुरु नजाने इतर पक्षका नेता बताउँछन् । ‘संसदीय सुनुवाई समिति नाम मात्रैको समिति हो । त्यसको बैठक औपचारिकताका लागि मात्रै बस्छ’ संस्थापनइतका नेता भन्छन्,‘त्यो समितिको सभापतिको काम गाडी चढ्ने बाहेक केही हुन्न ।’ समिति सभापतिका लागि सोमबार निर्वाचन समय तोकिएको छ । उम्मेदवारको दर्ता आज छ ।

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।