April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

टिस्टा नदीले बगाएर २३ भारतीय सैनिक बेपत्ता

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:१८
टिस्टा नदीले बगाएर २३ भारतीय सैनिक बेपत्ता

-टिस्टा नदीमा ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता

-ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढयो 

काठमाडौं– सिक्किममा अवस्थित टिस्टा नदीमा ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। टाइम्स अफ इन्डियाका अनुसार भारतको पूर्वोत्तर राज्य सिक्किमको लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक आएको बाढीले टिस्टा नदीको सतह ह्वात्तै बढेको हो। ठूलो पानी परेसँगै चुंगथाङ ड्यामबाट ठूलो मात्रामा टिस्टा नदीमा बाढी आएको हो। लाचेन उपत्यकामा भारतीय सैनिक क्याम्प रहेको छ।

बाढीले सेनाको क्याम्पसमेत बगाएको छ। ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ।

बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुगेको बताइन्छ। बाढीका कारण सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने राष्ट्रीय राजमार्ग–१० का कैयौं हिस्सा बगेका छन्।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट