May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ  : रवि लामिछाने

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १0:५५
राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ  : रवि लामिछाने
  • राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन हुँदैन 
  • राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ 
  • आशंका नै आशंकामा हामीलाई पनि कैयौँ अनुमानको घेरामा राखियो 

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन नहुने बताएका छन् । सोमबारदेखि सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्नेमा जोड दिए । राजनीतिक दलका विचार, अभिव्यक्ति स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरू पनि परेको उनले बताए ।परिवर्तनका निम्ति सारा जीवन बिताएका नेताहरूप्रति कहिलेकाहीँ विषयकेन्द्रित कटाक्ष गरे पनि उनीहरूका योगदानलाई अवमूल्यन गर्ने योजना नरहेको सभापति लामिछानेले बताए ।

“राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ । कहिलेकाहीँ राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमान जल्दछन् र शंका नै शंका, आशंका नै आशंकामा हामीलाई पनि कैयौँ अनुमानको घेरामा राखिएको छ,” उनले भने, “यो परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरूप्रति कहिलेकाहीँ कटाक्ष गरेको मात्र यहाँहरूले सुन्नुभएको छ होला, विषयकेन्द्रित कटाक्ष हुनसक्छन् ।

तर, समग्रमा मुलुकको परिवर्तनमा उहाँहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने न आँट, न साहस न योजना छ । परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय हुँदैन ।” रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको उनले उल्लेख गरे । पुराना राजनीतिक दलहरूमा अझै पनि राणाशासन कायम रहेको उनको टिप्पणी छ । व्यवस्था बदलिए पनि राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र नहुँदा समस्या देखिएको उनको भनाइ छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।