May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

उर्लाबारी अस्पतालका डाक्टरलाई टिपरले ठक्कर दिंदा मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १२:५८
उर्लाबारी अस्पतालका डाक्टरलाई टिपरले ठक्कर दिंदा मृत्यु
  • टिपरको ठक्करबाट डाक्टरको मृत्यु
  • कनकाई अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा कार्यरत 
  • घरबाट काममा जाने क्रममा भयो दुर्घटनामा 

विराटनगर ।।

मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट डाक्टरको मृत्यु भएको छ । मंगलबार बिहान उर्लाबारी नगरपालिका-४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार डाक्टर निरज यादवको मृत्यु भएको हो ।

सप्तरी घर भएका उनी प्रदेश १-०२-०५२ प ४२४१ नम्बरको मोटरसाइकलमा पूर्वतर्फ जाँदै थिए । पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३-००१ क ००९५ नम्बरको टिपरले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका डाक्टर यादवको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।


टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पुर्‍याएको केहीबेरमै यादवलाई चिकित्सकले बिहान ६ः ५० बजेतिर मृत घोषित गरेका थिए । टिपर र चालक झापाको मेची नगर नगरपालिका-११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार डाक्टर यादव झापाको कनकाई अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा कार्यरत थिए । घरबाट काममा जाने क्रममा उनी दुर्घटनामा परेका हुन् । उनी कुन अस्पतालतर्फ जाँदै थिए भन्ने नखुलेको प्रहरीको भनाइ छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।