May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

एसियाली खेलकुदः नेपालको प्रदर्शन निराशाजनक, अधिकांश खेल समूह चरणमै सिमित

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:२५
एसियाली खेलकुदः नेपालको प्रदर्शन निराशाजनक, अधिकांश खेल समूह चरणमै सिमित

काठमाडौं- चिनमा जारी १९ औ एसियाली खेलकुदमा चौथो दिनसम्म आइपुग्दा नेपालको प्रदर्शन निराशाजनक देखिएको छ । तेस्रो दिन हिजो भएका विभिन्न खेलमा नेपाल पहिलो चरणमै पराजित भएको छ । एसियाडमा तेक्वान्दो, जुडो, फेन्सिङ, महिला बास्केटबल, फुटबल, पौडी, उसुमा नेपालको प्रदर्शन कमजोर देखिएको छ । हिजै महिला फुटबलमा नेपाल जापानसँग ८–० गोलले पराजित हुँदै समुह चरणबाटै बाहिरिएको छ । पहिलो हाफमा ५ गोल ब्यहोरेको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको थियो । समूह डीमा रहेको नेपालले पहिलो खेलमा भियतनासँग २–० को हार ब्यहोरेको थियो ।

त्यस्तै पदकको आशा गरिएको खेल तेक्वान्दोका विभिन्न प्रतिस्पर्धामा नेपालका स्वस्तिका तामाङ, अञ्जली तामाङ, राहुल कुमाल र प्रेमबहादुर लिम्बू पराजित भएका छन् । त्यसैगरी जुडोतर्फ मनीता श्रेष्ठ प्रधान, जंगबहादुर सारु र १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ पराजित भएका छन् । फेन्सिङमा प्रयास योञ्जन र राजेन्द्र गजुरेलको प्रदर्शन पनि राम्रो हुन सकेन । महिलातर्फ मन्दिरा थापा र गोमा आर्चाय समूह चरणबाटै बाहिरिए । त्यस्तै महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल जापानसँग २२–४ ले पराजित भएको छ । पौडीको महिला दुई सय मिटर फ्रिस्टाइलतर्फ डुवाना लामा र ५० मिटर फ्रिस्टाइलमा एलेक्सजान्डर शाह पनि हिटचरणबाटै बाहिरिएका छन् । उसुतर्फ सुस्मिता तामाङ र पासाङ शेर्पाको प्रदर्शन पनि निराशाजनक रह्यो । त्यस्तै साइक्लिङको प्रतिस्पर्धामा सुरज राना मगर र उषा खनाल निर्धारित दूरी तय गर्न नै असफल रहे ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट