May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

संसद भवनभित्रै सबै सांसदहरुले ऐन पढ्नुपर्छ : सोविता गौतम

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १६:0८
संसद भवनभित्रै सबै सांसदहरुले ऐन पढ्नुपर्छ : सोविता गौतम
  • ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० सरकारले खिचडीजस्तो बनायो 
  • तलदेखि माथिसम्म ८१ वटा ऐनहरु आकर्षित, पढ्ने समय ७२ घण्टा मात्र  
  •  यो ऐन विज्ञहरुलाई बोलाएर पढौं, संसद भवनमै पढ्नुपर्छ सांसदहरुले पनि

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० सरकारले खिचडीजस्तो बनाएको टिप्पणी गरेकी गरेकी छन् ।

मंगलबार उक्त विधेयकमाथि छलफलमा भाग लिँदै उनले सांसदहरुलाई विधेयक पढ्ने मौका समेत नदिइ सरकारले संसदमा पेश गरेको बताइन् । गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरुले पेस गर्ने व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी छन् ।

‘यसमा तलदेखि माथिसम्म ८१ वटा ऐनहरु आकर्षित गरिएको छ । ८१ वटा ऐनहरु कसरी पढेर, संशोधन गरेर यो ७२ घण्टाभित्र संशोधन प्रश्ताव दर्ता गर्ने हामीलाई थाहा छैन, विभिन्न मन्त्रीजीहरुले मन्त्रालय अनुसार अलगअलग प्रस्तुत गर्नुपर्नेमा खिचडी बनाएर प्रस्तुत गरिएको छ’, सांसद गौतमले भनिन् ।

यो केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा कस्ताकस्ता मस्यौंदा राख्ने भनेर सरकारलाई समेत थाहा नभएको उनले बताइन् । ‘थाहा छैन भने विज्ञहरुलाई बोलाएर पढौं, संसद भवनमै पढ्नुपर्छ सांसदहरुले पनि । तर यसरी यो व्यवस्थामाथि नै प्रहार हुने गरी यस्तो काम गर्न भएन’, उनले भनिन् ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १६:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।