May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

भ्रष्टचारी र मानव तस्करहरुको ढाड भाँच्न आवश्यक छ : विप्लव

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १६:१४
भ्रष्टचारी र मानव तस्करहरुको ढाड भाँच्न आवश्यक छ : विप्लव
  • अमेरिकी सहयोग परियोजना एमसीसी जनताको हितमा छैन 
  • सभामा उनले एमसीसी जनताको हितमा नभएको दाबी गरे 
  • हामीलाई ५० अर्ब रुपैयाँको भिख चाहिएन 

सुर्खेत ।।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी जनताको हितमा नभएको बताएका छन् । वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले एमसीसी जनताको हितमा नभएको दाबी गरे ।

‘अनुदान ठिक छ । तर अनुदानको नाममा हुने कुनै पनि हस्तक्षेप सैह्य छैन्,’ उनले भने, ‘हामीलाई ५० अर्ब रुपैयाँको भिख चाहिएन, हामी गाउँका खोरिया खन्छौं ।’ महासचिव विप्लवले मञ्मै रहेका प्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रश्न गर्दै भने, ‘हामी कुनै पनि शैन्य हस्तक्षेप चाहँदैनौं । तपाईं पनि यसका विरुद्ध आवाज उठाउनुहोस ।’

उनले क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाका लागि कम्युनिस्ट पार्टीहरु एक ठाउँमा उभिनुपर्ने बेला आएको औंल्याए । उनले नेपाल भ्रष्टचारको दलदलमा फसेको बताए । ‘वडा वडामा छ, भ्रष्टचार, अर्काको खोरको बाख्रा देखाएर अनुदान खाने नक्कली कम्युनिष्टहरु मैले देखेको छु’ उनले भने, ‘प्रधानमन्त्रीज्यू, कालो, रातो जस्तोसुकै रंग ओढेका भ्रष्टचारीहरु किन नहुन् खोरमा हाल्नुहोस, हामी साथ दिन्छौं । भ्रष्टचारी र मानव तस्करहरुको ढाड भाँच्न आवश्यक छ ।’

 

 

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १६:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।