November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

माधवकुमार नेपालको नाम ललितासंग जोडिंदा म पनि टेन्शनमा थिएँ तर निर्दोष सावित हुनुभयो : प्रधानमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १७:२१
माधवकुमार नेपालको नाम ललितासंग जोडिंदा म पनि टेन्शनमा थिएँ तर निर्दोष सावित हुनुभयो : प्रधानमन्त्री
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित
  • सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दियो 
  • त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो

 पोखरा ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन् । समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा प्रचण्डले माधव नेपालको बारेमा के हो कसो हो भन्ने भएको तर अहिले निर्दोष सावित भएको बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष सावित भएको प्रचण्डको भनाइ छ ।

‘सीआईबीले के हो भनेर उहाँको पनि बयान लियो, बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैंको टेन्सन सकियो,’ उनले भने, ‘त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो ।’

नेपाल र आफू एउटै मोर्चामा रहेको भन्दै प्रचण्डले केपी ओली प्रधानमन्त्री हुँदा पनि के हुने हो कसो हुने हो भनेर टेन्सन हुने गरेको उनले सुनाए।

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १७:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्