May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

प्रचण्डको बैठकमा ७ दल उपस्थित

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:५४
प्रचण्डको बैठकमा ७ दल उपस्थित
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाए
  • प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माद्वारा जानकारी
  • बोलाइएको संसद बैठकबारे नेताहरुसँग छलफल सुरु 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् । चीनबाट फर्किएलगत्तै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै सात दलका नेताहरुको बैठक बोलाएका हुन् ।सात दलको बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले न्युयोर्क र चीन भ्रमणका साथै आज दिउँसो एक बजे बोलाइएको संसद बैठकबारे नेताहरुसँग छलफल थालेका छन् । त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, सचेतक महेश बर्तौला बालुवाटार पुगेका छन् । आजको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ । तर नेकपा एमालेले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नगरिएको भन्दै संसद सन्चालनमा सरकारलाई ‘असहयोग’ गर्ने चेतावनी दिएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।