May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ

८ वटै जिल्लामा जसपा बैठक बस्दै

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० ११:५0
८ वटै जिल्लामा जसपा बैठक बस्दै
  • आठै जिल्लामा आज विस्तारित बैठक बस्दै
  • सबै जिल्लामा भदौ १७ गते आइतबार विस्तारित बैठक राख्ने निर्णय

काठमाडौं ।।

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका आठै जिल्लामा आज विस्तारित बैठक बस्दै छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।

भदौ ११ गतेको मधेश प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा भदौ १७ गते आइतबार विस्तारित बैठक राख्ने निर्णय गरेको थियो । विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीहरुलाई जिम्मेवारी तोकेको छ ।

जसअनुसार सप्तरी जिल्लामा दिनेशकुमार यादव र शैलेश कुमार साह, सिराहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मला कुमारी यादव र जितेन्द्र कुमार यादवले जिम्मेवारी पाएका छन् । त्यस्तै सर्लाहीमा रामपृत पासवान र निरा कुमारी साह, रौतहटमा रामबाबु कुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशिल कुमार यादवलाई तोकिएको छ ।

बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरु, प्रदेश समितिका नेताहरु, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, पालिका समितिका पदाधिकारीहरु, निर्वाचित जनप्रतिनिधिहरु, भ्रातृसंगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरुलाई उपस्थित हुन भनिएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।