sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुन तस्करीसंग IGP धीरज सिंहको सम्बन्ध रहेको खुलाशा

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १३:२१
सुन तस्करीसंग IGP धीरज सिंहको सम्बन्ध रहेको खुलाशा
  • धीरज प्रताप सिंह सुन तस्करीको अनुसन्धानमा तानिए
  • फरार अपराधीसँग धीरजको संवाद
  • धीरज प्रताप सिंह र दावाको कुराकानी
  • के भन्छन् धीरज प्रताप सिंह ?

नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक धीरज प्रताप सिंह सुन तस्करीको अनुसन्धानमा तानिएका छन् । सुन तस्करी आरोपमा साउन १४ मा पक्राउ परेका दावा छिरिङसँग निकट सम्बन्धमा देखिएपछि सिंह अनुसन्धानको घेरामा परेका हुन् ।

प्रहरीको केन्द्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको दावा छिरिङको मोबाइलको फरेन्सिक परीक्षण रिपोर्टमा दावा र सिंहबीचको कुराकानी फेला परेका हुन् । २०७९ वैशाख १८ मा नेपाल प्रहरीको २९ औँ महानिरीक्षक बनेका सिंह र दावाबीच एक डेढ वर्ष अघिदेखि सम्बाद हुने गरेको सिधाकुरालाई प्राप्त विवरणमा उल्लेख छ ।

नेपालमा कल बाइपास, अनलाइनमार्फत भारतीय नागरिकलाई ठगी जस्ता अपराधमा संलग्न दावासँग दावा प्रहरीको फरार सूचीमा रहेकै बेला सिंहसँग प्रत्यक्ष संवादमा थिए । सिंह प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको प्रमुख हुँदादेखि सुरु भएको संवाद आईजीपी हुँदासम्म निरन्तर रहेको पाइएको सीआईबी स्रोतले जनाएको छ ।

फरार अपराधीसँग धीरजको संवाद

२०७९ साउन ११ मा सिधाकुरा टिमले ठमेलको भियाना होटलमा दावा छिरिङको समूहले चलाएको कल सेन्टरमा ‘स्टीङ अपरेसन’ गरेका थियो । हाम्रो स्टीङ अपरेशनपछि होटल भियनाबाट ४ जना चिनियाँ पक्राउ परेका थिए । त्यतिबेला प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ परेकालाई मुद्दा चलायो भने होटलका सञ्चालक दावा छिरिङलाई भने फरार सूचीमा राख्यो ।

अपराध महाशाखाले फरार सूचीमा राखेको दावा भने प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोका तत्कालिन प्रमुख धीरज प्रताप सिंहसँग प्रत्यक्ष संवादमा थिए । तत्कालिन डीआइजी धीरज प्रताप सिहं तत्कालिन २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरबाट २०७८ असार ७ गतेबाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीको नेतृत्व गर्न आए ।

सीआईबी उच्च स्रोत भन्छ, ‘त्यसपछि दावासँग निरन्तर संवाद देखिन्छ । प्रहरीको प्रणालीमै फरार अपराधीको सूचीमा रहेको मानिससँग निरन्तर त्यो पनि निकै घनिष्ट संवाद आफैँमा शंकास्पद छ ।’

ह्वाट्सएप संवादमा उनीहरु दाजु भाई बनेर खुशी साटासाट गरिरहेका र कयौं पटक भेट गरिरहेको देखिने गरेको अधिकारीहरु बताउँछन् । सीआईबी स्रोतका अनुसार सिंहले दावालाई पटक पटक आफैँ फोन गरेको समेत देखिएको छ ।

यस्तो छ धीरज प्रताप सिंह र दावाको कुराकानी :

२०७८ माघ २८ अर्थात, २०२२ फेब्रुअरी ११ मा दावाले ‘दाई नमस्ते, कङ्ग्राचुलेसन दाई, म दावा’ भन्दै म्यासेज पठाउँछन् । स्रोतका अनुसार उनीहरुको संवाद ह्वासएप, वी-च्याट भन्दा पहिले अन्य माध्यबाट समेत हुने गरेको दावाले अनुसन्धानका क्रममा खुलाएका छन् ।

दावाको म्यासेजको जवाफ धीरज प्रताप सिंहले तुरुन्तै फर्काउँछन् । भन्छन् ‘धन्यवाद भाई , के छ हालखबर ? ’ त्यस लगत्तै दावाले जवाफ फर्काउँछन्, ‘सबै ठिक छ दाई ।’

दावाले फेरी लेख्छन्, ‘ह्वेन यू आर फ्री प्लीज डु कल मी । देन वी क्यान मिट ।’ अर्थात, ‘कतिबेला फुर्संद हुन्छ, मलाई कल गर्नुहोला । त्यसपछि हामी भेट्न सक्छौँ’ भन्दै दावाले म्यासेज पठाउँछन् । धीरज प्रतापले तत्कालै स्वीकार गर्दै लेख्छन् :  ‘ओके’ (हुन्छ)

फेरि २०७८ चैत १७ गते अर्थात २०२२ मार्च ३१ का दिन धीरज प्रताप सिंहको डीआइजीबाट एआईजीमा बढुवा हुन्छ । त्यसको साँझ एआईजी धीरजको दावासँग फेरि संवाद हुन्छ ।

दावा लेख्छन् ‘दाई कंग्राचुलेन्स’ अर्थात ‘बधाई छ दाई ।’ र यस अघि भेट्ने योजना बनाएर भेट्न नपाएको कारण खुलाउँदै दावा लेख्छन् ‘दाई हजुर बीजी हुनुभाकोले नभेटेको ।’

यसका जवाफमा धीरजले ‘धन्यवाद १ दावा भाई ।’ भन्दै जवाफ पठाउँछन् । लगत्तै दावाले अर्को म्यासेज लेख्छन्, ‘अब हजुरको कुन दिन समय हुन्छ, त्यसपछि भेट्नु पर्यो । (इम्पोर्टेन्ट) काम छ ।’

त्यसको भोलिपल्ट २०२२ अप्रिल १ अर्थात २०७८ चैत १८ गते दावालाई एआइजी धीरज प्रताप सिहंले कल गर्छन् तर दावाले उठाउँदैनन् । केही बेरपछि दावाले धीरजलाई म्यासेज पठाउँछन्, ‘दाई सरी मोबाइल चार्जमा थियो । म घरमा छु ।’

यो संवादले दावा र धीरजको सम्बन्ध एक दुई दिनको होइन भन्ने स्पष्ट पार्छ । उनीहरुको संवादको श्रृङ्खला यतिमा मात्रै सिमित छैन । २०७८ चैत ३० अर्थात २०२२ अप्रिल १३ मा दावाले फेरि ‘हेप्पी न्यु इएर दाई’ भन्दै म्यासेज पठाउँछन् ।

जवाफमा धीरजले ‘थ्याङ्स, सेम टु यू भाई’ भन्ने जवाफ फर्काएका छन् । त्यसको केही समय पछि २०७९ बैशाख १२ अर्थात २०२२ अप्रिल १५ मा दावाले धीरजलाई म्यासेज पठाउँछन् । उनि लेख्छन्, ‘दाई नमस्ते, आई वान्ट टु विस यू अ भेरी ह्यापी न्यू इएर । क्यान वी मीट प्लीज १ इन्फर्म मी ह्वेन यू आर फ्री । एज सुन एज पोसिबल । धन्यवाद ।’

अर्थात

‘दाई नमस्ते, म तपाईंलाई नयाँ वर्षको धेरै धेरै शुभकामना दिन चाहन्छु । हामी भेट्न सक्छौँ रु कृपया तपाई फुर्सदमा भएको समयमा मलाई खबर गर्नुहोला । जतिसक्दो चाँडो । धन्यवाद ।’

१८ वैशाख २०७९ मा धीरज प्रताप सिंह नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक नियुक्त भए । कांग्रेस र माओवादी गठबन्धनको सरकारमा सिंहलाई आइजीपी नियुक्त गर्न तत्कालिन प्रधानमन्त्री पत्नी आरजु देउवाले महत्वपूर्ण भूमिका खेलेको जानकारहरु बताउँछन् । प्रहरी प्रमुख भएपछि पनि फरार सूचीमा रहेका दावासँग सिंहको बाक्लो कुराकानी हुने गरेको सीआईबी स्रोत बताउँछ ।

धीरज र दावाको संवाद यति मात्रै होइन उनिहरुको सम्पर्क पहिले देखिनै भएको देखिएको अनुसन्धान अधिकारी बताउँछन् । दावाको मोबाईल फरेन्सिक रिपोर्टबाट प्राप्त दावा र धीरजको संवादको विस्तृत विवरण केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीको अनुसन्धान फाइल भित्रै छ ।

धीरज र दावाको संवादको ‘ओरिजिनल कपी’ सिधाकुरासँग सुरक्षित छ । सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोकाअनुसार दावासंगको सम्पर्कमा रहेकाहरु सबै अनुसन्धानको घेरामा तानिएका छन् ।

‘आफ्नै पूर्व महानिरीक्षक र दावाको सम्बन्ध सामान्य नरहेको पाइएपछि गहन विश्लेषण गरिरहेका छौं, ’ सीआइबी स्रोतले सिधाकुरासँग भन्यो, ‘धीरज प्रताप सिंह र दावाको सम्बन्ध थप केलाईरहेका छौं ।’

नेपाल प्रहरीको केन्द्रिय प्रवक्ता डीआइजी कुवेर कडायतले सुनसँग जोडिएका सबै मानिस अनुसन्धानको दायरामा रहेको बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ, यससँग जोडिने सबैको अनुसन्धान हुन्छ, क-कसको अनुसन्धान गरिरहेका छौं भनेर खुलाउन मिल्दैन ।’ सुन प्रकरणमा प्रहरीले तस्करी समूहको जरैसम्म पुगेर अनुसन्धान गरिहरको पनि कडायतको भनाई छ ।

के भन्छन् धीरज प्रताप सिंह ?

दावासँगको संवादबारे जानकारी माग्न हामीले निवर्तमान प्रहरी प्रमुख सिंहलाई फोन गरेका थियौँ । सिधाकुरासँगको संक्षिप्त कुराकानीमा उनले सीआईबीले अनुसन्धान गरिरहेको विषयमा नबोल्ने बताए ।

दावासँगको सम्बन्ध के हो ? भन्ने प्रश्नमा उनले भने ‘सीआईबीले अनुसन्धान गरिरहेको विषयमा के बोल्नु ? उतै सोध्नुस्’, भन्दै उनले चटक्क फोन काटे । हामीले पुनः उनलाई पटक-पटक सम्पर्क गर्ने प्रयास गर्यौँ तर उनी हाम्रो सम्पर्कमा आएनन् । सिधाकुराबाट साभार

 

 

 

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid