काठमाडौं ।।
काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा आइतबार बा ३ ज ४८४८ नम्बरको बसले तीनवटा सवारीसाधनलाई ठक्कर दियो । गलत लेनबाट आएको एउटा मोटरसाइकल बचाउन खोज्दा सो दुर्घटना भएको थियो । दुर्घटनामा परेर सशस्त्र प्रहरी सिनामंगलमा कार्यरत २५ वर्षीया उषा कार्की र सर्लाहीका २१ वर्षीय राज भट्टराईले ज्यान गुमाएका थिए ।
सो दुर्घटनामा १४ जना घाइते भएका थिए । मोटरसाइकल जोगाउँदा बस नै सडकमा पल्टिएको थियो । बसले बा ६च ५३४२ नम्बरको बलेरो गाडी, वाग्मती प्रदेश ०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर र वाग्मती प्रदेश ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल किचेको थियो ।दुर्घटनाको अनुसन्धान गरेको प्रहरीले गलत ठाउँबाट लेन क्रस गर्ने मोटरसाइकल चालकको खोजी गरेको छ ।