May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

नेपाल र चीनको सम्बन्ध झन् प्रगाढ बनाउँन सफल भए प्रधानमन्त्री : माओवादी केन्द्र

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:३५
नेपाल र चीनको सम्बन्ध झन् प्रगाढ बनाउँन सफल भए प्रधानमन्त्री : माओवादी केन्द्र
  • चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपियो 
  • भ्रमणको सबभन्दा ठूलो उपलब्धि नै दुई देशबीचको सम्बन्ध सुधार 
  • नेपाल चीन उर्जा व्यापारका लागि पनि नयाँ ढोका खुल्यो 

काठमाडौं ।।

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको दाबी गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता एवम उपाध्यक्ष अग्निप्रसाद सापकोटाले दुई देशको सम्बन्धमा उत्पन्न संशयको यो भ्रमणपछि निवारण भएको बताए । उनले भ्रमणको सबभन्दा ठूलो उपलब्धि नै यही भएको भन्दै दुई देशबीचको सम्बन्ध सुधार हुँदै गइरहेको बताए । १२ बुँदे विज्ञप्ति र संयुक्त वक्तव्यसम्म हेर्दा यो भ्रमणले दुई देशका विकास सम्बन्धीका काममा सहकार्य हुने आशा जगाएको र सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।

चीनको सुपरमिनिस्ट्रीजस्तो रहेको राष्ट्रिय विकास तथा सुधार आयोगसँग नेपालको सहमति हुनु भनेको नेपालको विकासका लागि धेरै महत्वपूर्ण रहेको उनको भनाइ छ । राष्ट्रिय विकास तथा सुधार आयोगले त्यहाँका अन्य मन्त्रालयको अनुगमन र स्रोतको बाँडफाँट समेत गर्ने हुँदा यसले विकास निर्माणमा नयाँ आयम थपिएको बताए । त्यस्तै नेपाल चीन उर्जा व्यापारका लागि पनि नयाँ ढोका खोलेको बताए । कृषि, पशुपालन, मत्यसपालनलगायत विषयमा पनि सम्बन्धले नयाँ उचाई हासिल गरेको उनको भनाइ छ ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।