April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

कोरियाको बुसानमा आयोजना हुने फेस्टिभलमा ‘गुराँस’ फिल्म छनोट

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १३:१६
कोरियाको बुसानमा आयोजना हुने फेस्टिभलमा ‘गुराँस’ फिल्म छनोट
  • नेपाली फिल्म ‘गुराँस’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट
  • बुसानले यो फिल्म ‘अ विन्डो अन एसियन सिनेमा’ विधामा छान्यो 
  • यो फिल्म फेस्टिभल ४ देखि १३ अक्टोबरसम्म कोरियाको बुसानमा आयोजना हुने 

काठमाडौं ।।

सौरभ राई निर्देशित नेपाली फिल्म ‘गुराँस’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ । बुसानले यो फिल्म ‘अ विन्डो अन एसियन सिनेमा’ विधामा छानिएको जनाएको छ ।

यो फिल्मले यसअघि चेक गणतन्त्रको फिल्म दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको थियो । मेनुका प्रधानको शीर्ष भूमिका रहेको फिल्मले हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट दार्जिलिङको बदलिंदो आर्थिक र सामाजिक सम्बन्धको कथा पेश गर्छ ।

‘गुराँस’लाई लोआइक्यू प्रोडक्सनसँगै आइसफलका रामकृष्ण पोखरेल र सञ्जय गुलाँटीले निर्माण गरेका हुन् । फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् । यो फिल्ममा खगेन्द्र लामिछानेको समेत अभिनय छ ।

बुसानको उक्त विधामै नवीन सुब्बा निर्देशित अर्को नेपाली फिल्म ‘गाउँ आएको बाटो’ पनि छनोट भएको छ । बुसानको ‘एसियन सर्ट फिल्म प्रतिस्पर्धामा नीरञ्जन भेटवाल निर्देशित छोटो फिल्म ‘द विटनेस ट्री’ पनि छानिएको छ । दक्षिण कोरियाको बुसानमा आयोजना हुने यो फिल्म फेस्टिभल ४ देखि १३ अक्टोबरसम्म आयोजना हुँदैछ ।

दक्षिण कोरियाको बुसानमा आयोजना हुने यो फिल्म फेस्टिभल ४ देखि १३ अक्टोबरसम्म आयोजना हुँदैछ । यसपटक ओपनिङ फिल्मको रुपमा ‘बिकज आइ हेट कोरिया’ र समापन फिल्मको रुपमा ‘द मुभी एम्पेरर’ छन् ।

 

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १३:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।