May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रे

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:२0
भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रे
  • भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन
  • अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले हिजो ३ घण्टा पेन डाउन गरे
  • प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने गरिएको उनीहरुको आरोप

काठमाण्डौ ।।

पेसागत सुरक्षाको माग गर्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन थालेका छन् । नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले हिजो ३ घण्टा पेन डाउन गरेका छन् । आज र भोलि कार्गो जाँचपास शाखामार्फत् हुने निकासी तथा पैठारीको काम बन्द गर्ने उनीहरुको कार्यक्रम रहेको छ ।

२७ गतेभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कामसमेत प्रभावित हुन सक्ने कर्मचारीले पेस गरेको मागपत्रमा उल्लेख छ । मागपत्र र विरोधका कार्यक्रमबारे उनीहरुले विमानस्थल कार्यालयसहित भन्सार विभाग र अर्थ मन्त्रालयमा जानकारी गराएका छन् ।

विमानस्थलका कर्मचारीहरुले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने गरिएको उनीहरुको आरोप छ । कर्मचारीहरुको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुर्याउने, विभिन्न निकायबाट निरन्तर हस्तक्षेप गर्ने काम भएको उनीहरुको भनाइ छ । यस्तो कार्य बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको भन्दै उनीहरुले यसअघि सामूहिक सरुवाको माग गर्दै निवेदन पनि दिएका थिए ।

कार्यस्थलमा डर त्रास विना, निर्भिक रुपमा उच्च मनोबलका साथ काम वातावरण हुनुपर्ने तथा अनुसन्धान गर्ने विभिन्न निकायले विना प्रमाण, पक्राउ पुर्जी अनुमति नलिइ कर्मचारीहरुलाई गिरफ्तार गर्ने, दुःख दिने, हैरानी दिने कार्य अविलम्ब बन्द हुनुपर्ने पनि उनीहरुको माग छ । प्रहरीले विना प्रमाण केही कर्मचारीहरु गिरफ्तार गरी हिरासतमा लिएको उनीहरुको आरोप छ ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।