काठमाडौं ।।
विकट गन्तव्यमा हवाइ सेवा सञ्चालन गर्दै आएको तारा एयरले पर्यटकीय सिजन सुरु भएसँगै सोमबारबाट पोखरा ९ जोमसोम उडान पुनः सुरु गरेको छ। पर्यटकीय सिजन सुरु हुनुका साथै मौसम पनि अनुकूल भएकाले उडान पुनः सुरु गरेको तारा एयरले जनाएको छ। मौसमी प्रतिकूलताका कारण तारा एयरको पोखरा-जोमसोम उडान तीन महिनादेखि बन्द थियो।
कम्पनीले जोमसोममा उडानका लागि एउटा विमान पोखरामै राख्ने छ। जोमसोममा दैनिक ५ वटा उडान गर्ने कम्पनीले जनाएको छ। जोमसोम विमानस्थल समुद्री सतहबाट २ हजार ७३६ मिटर उचाइमा छ। तारा एयरले ट्विनअटर विमानमार्फत सिमकोट, लुक्ला, फाप्लु, दुनै लगायत विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएको छ।