April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:३३
‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न
  • टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम हिजो  सम्पन्न
  • सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको प्रस्तुति
  • कार्यक्रमको प्रारम्भमा ‘जिरो वेस्ट वेबसाइट’ सार्वजनिक
काठमाडौँ ।।
काठमाडौँको बनस्थलीस्थित काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम हिजो  सम्पन्न भएको छ । केबीसीको परिसरमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको प्रस्तुति रहेको थियो ।
कार्यक्रममा पछिल्लो समय चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स र साइबर सुरक्षाको विषयलाई तीनवटा शत्रमा  विभाजन गरी बिस्तृतरुपमा छलफलसमेत गरिएको थियो । कार्यक्रमको प्रारम्भमा ‘जिरो वेस्ट वेबसाइट’ सार्वजनिक गरिएको थियो । उक्र ‘एप’ काठमाडौँ बिजनेश क्याम्पसको बिसीएमा अध्ययनरत तेस्रो सेमेष्टरका विद्यार्थीले बनाएका हुन् । साथै काठमाडौँ बिजनेश क्याम्पसले आफ्नो नयाँ लोगो पनि सो अवसरमा सार्वजनिक गरेको थियो ।
कार्यक्रममा ‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटीः अवसर र चुनौतीहरु’ विषयमा समिर थापाले प्रस्तुति दिनुभएको थियो । पहिलो शत्रमा विभिन्न विषयमा रोजेश सिखाकर, इन्जिनियर तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता योगेश अर्याल र सुमन सापकोटाको प्रस्तुती रहेको थियो । उहाँले नेपालमा प्रविधि क्षेत्रमा निकै कम लगानी भएकाले यसको विकासमा पछि परेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा एसिया प्रोजेक्ट फाउण्डेसनका निर्देशक साजना महर्जन अमात्य, श्रीप्रसाद खनाल र पदमराज पन्तको प्रस्तुती रहेको थियो । यस्तै ‘नेटवर्किङ एण्ड साइबर सेक्युरिटी’बारे टोरन्टो विश्वविद्यालयका विज्ञ डा डिल्ली शर्माको प्रस्तुति रहेको थियो । सुबिसु केबल नेटका रामकृष्ण परियार, पंकजकुमार ठाकुर र रमेश पोखरेलको समेत कार्यक्रममा प्रस्तुती रहेको थियो । सिम्फोजियम कार्यक्रममार्फत विद्यार्थीले आफूलाई कुन विषय पढ्दा सक्षम र गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिन्छ भन्नेबारे बुझ्ने मौका मिलेको काठमाडौँ बिजनेश क्याम्पसले विश्वास लिएको छ । क्याम्पसले यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको थियो ।
  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।