May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

खसीबोकाको स्वास्थ्य परीक्षण गर्न चिकित्सक परिचालन

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १६:२८
खसीबोकाको स्वास्थ्य परीक्षण गर्न चिकित्सक परिचालन
  • ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन
  • उक्त टोलीले पशुपक्षीबाट नमुना संकलन, रोग निदान र उपचार गर्ने
  • स्वस्थ्य देखिएमा हरियो र रोगी देखिए रातो संकेत गर्ने
  • बिक्री–वितरण गर्दा सरसफाइमा ध्यान दिन सरकारको आग्रह

काठमाडौं ।।

पशुसेवा विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ । चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री–वितरण गराउने उद्देश्यले पशुपक्षीको स्वास्थ्य परीक्षणका निम्ति टोली परिचालन गरिने भएको हो । उक्त टोलीले पशुपक्षीबाट नमुना संकलन, रोग निदान र उपचार समेत गर्नेछ ।

विभागका महानिर्देशक डा. उमेश दाहालले आइतबार विज्ञप्ति जारी गरी कलंकी खसीबजार, बल्खु कालीमाटी माछाबजार, चोभार नाका, चाल्नाखेल राँगाबजार, टुकुचा खसीबजार, खाद्य संस्थान, लोकन्थली खसीबजार, साल्लाघारी च्यांग्राबजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशेधारा, थानकोट, दहचोक, मूलपानीमा टोली परिचालन गरिने जानकारी दिए ।

नमुना संकलनपछि स्वस्थ्य देखिएमा हरियो र रोगी देखिए रातो संकेत गर्ने व्यवस्था मिलाइएको छ ।गत वर्ष घटस्थापनादेखि नवमीका दिनसम्म मासुका निम्ति कुल ५४ हजार पशु काठमाडौं भित्र्याइएको थियो । विभागले स्वस्थ्यकर र फुर्तिलो खसीबोका, राँगा छनोट गर्न र मासु उत्पादन र बिक्री–वितरण गर्दा सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको छ ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।