April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

शरणार्थीबाट सुरु भएको अभियान ललिता निवास हुँदै सुनसम्म पुग्यो : प्रधानमन्त्री

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १६:३५
शरणार्थीबाट सुरु भएको अभियान ललिता निवास हुँदै सुनसम्म पुग्यो : प्रधानमन्त्री
  • भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पुर्याउने प्रतिज्ञा
  • भ्रष्टाचारविरोधी अभियानको थालनीमा देशभरबाट षड्यन्त्र जारी 
  • शरणार्थी प्रकरणबाट सुरु भएको यो अभियान ललिता निवास हुँदै सुनसम्म पुग्यो 

विराटनगर ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पुर्याउने प्रतिज्ञा आफूले लिएको बताएका छन् । सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेको भन्दै त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको उनले दाबी गरे ।

विराटनगरको सन्देशसभालाई आज सम्बोधन गर्दै उनले आफ्नो सरकार कति दिन टिक्छ भन्ने चिन्ता नभएको पनि बताए । ‘नक्कली भुटानी शरणार्थी प्रकरणबाट सुरु भएको यो अभियान ललिता निवास हुँदै सुनको तस्करविरुद्ध लागेको छ। एकपछि अर्को बेथितिविरुद्ध यस्तो कदम लिएपछि देशभर प्रतिक्रियावादीहरु यसको षडयन्त्र गरिरहेका छन्।

आफ्नै लडाईंले अघि बढ्न सकिन्छ, त्यतिबेला जनताको साथ चाहिन्छ । सरकार कति दिन टिक्छ भन्ने मलाई चिन्ता छैन, भ्रष्टाचारविरुद्धको अभियान अन्तिमसम्म पुर्याउने प्रतिज्ञा लिएको छु,’ प्रधानमन्त्रीको भनाइ थियो।

उनले लामो समयदेखि रहेको नागरिकतताको समस्या पनि समाधान यो सरकारले गरेको बताए। ‘नागरिकताको समस्या धेरै वर्षदेखि थियो। यही सरकारले नागरिकताको समस्या समाधान गर्न दृढताकासाथ अघि बढेर मूलभूत रुपमा समाधान गर्यो। या ठूलो उपलब्धि हो,’ उनले भने।

 

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।