sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको अध्यक्षमा बिष्ट निर्वाचित

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० 0६:४६
नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको अध्यक्षमा बिष्ट निर्वाचित

नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको अध्यक्षमा रवि सिंह बिष्ट निर्वाचित भएका छन्। सोमबार टामर फंक्शन सेन्टरमा भएको साधारण सभाले आगामी कार्यकालका लागि बिष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितको उपाध्यक्षमा विवेक खनाल, सचिवमा श्रीजा पोख्रेल, कोषाध्यक्षमा पुरुषोतम रिमाल, सह-सचिवमा स्वस्तिक पौडेल र प्रवक्तामा शंकर दाहाल निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा रोशन श्रेष्ठ, बसन्ता बिष्ट, शेखर श्रेष्ठ, रिया दिवाकर, बिस्णु सुवेदी, सरोज खनाल, राजिव पंथी, राजन श्रेष्ठ र शंकर अधिकारी चयन भएका छन्।

सोसाइटीको नेतृत्व चयनका लागि सन्तोष अधिकारी, मित्र गुरुङ र सपना खत्री सदस्यरहेको निर्वाचन समिति गठन गरिएको थियो।

निवर्तमान अध्यक्ष सन्देश श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाइ दिँदै स्वागत गरेका थिए। उनले नर्दन तस्मानियामा रहेको नेपाली समुदायलाई थप उचाइमा पुर्याउन नयाँ कार्यसमितिको योगदान अतुलनिय हुने विश्वस व्यक्त गरेका थिए। उनले सोसाइटीले नर्दन तास्मानियाको नेपाली समुदायको पक्षमा गर्ने हरेका कार्यमा आफ्नो उत्तिकै सहयोग रहने प्रतिवद्धता गरेका छन्।

नवनिर्वाचित विष्टले नेपाली सोसाइटी अफ नर्दन तास्मानियालाई यहाँको नेपाली समुदायले अपनत्व महसुस गर्ने गरी कार्य गर्ने बताए। उनले नर्दन तास्मानियामा बसोबास गर्ने गरी आउने नेपालीलाई एयरपोर्टमै संस्थाको बारेमा जनाकारी दिने र सदस्य बनाउने प्रक्रियाबारे नयाँ कार्यसमितिले काम गर्ने केबीसी खबरलाई जानकारी दिए। उनले संस्थाका विगतका कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली भषा कला सस्कृतिको प्रर्वद्धन गर्ने मुख्य लक्ष्य रहेको बताए।

नेपालबाट सिधा नर्दन तास्मानिया आउनेलाई एरपोर्टमै लिन आउने व्यवस्था मिलाउने योजना रहेको अध्यक्ष विष्टले केबीसीलाई सुनाए। हाल कायम रहेको सोसाइटीको सदस्यता संख्यालाई बढाउन के कस्ता काम गर्ने भन्ने बारे समितिमा छलफल गरी निर्णय गरिने उनको भनाइ छ। सबैको चाहाना अनुसार आफुले संस्थाको नेतृत्व लिएको भन्दै सोसाइटीका गतिविधिमा यहाँको नेपाली समुदायले सहयोग गर्नेमा आफु विस्वस्थ रहेको उनले बताए।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० 0६:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid