May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको अध्यक्षमा बिष्ट निर्वाचित

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० 0६:४६
नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको अध्यक्षमा बिष्ट निर्वाचित

नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको अध्यक्षमा रवि सिंह बिष्ट निर्वाचित भएका छन्। सोमबार टामर फंक्शन सेन्टरमा भएको साधारण सभाले आगामी कार्यकालका लागि बिष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितको उपाध्यक्षमा विवेक खनाल, सचिवमा श्रीजा पोख्रेल, कोषाध्यक्षमा पुरुषोतम रिमाल, सह-सचिवमा स्वस्तिक पौडेल र प्रवक्तामा शंकर दाहाल निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा रोशन श्रेष्ठ, बसन्ता बिष्ट, शेखर श्रेष्ठ, रिया दिवाकर, बिस्णु सुवेदी, सरोज खनाल, राजिव पंथी, राजन श्रेष्ठ र शंकर अधिकारी चयन भएका छन्।

सोसाइटीको नेतृत्व चयनका लागि सन्तोष अधिकारी, मित्र गुरुङ र सपना खत्री सदस्यरहेको निर्वाचन समिति गठन गरिएको थियो।

निवर्तमान अध्यक्ष सन्देश श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाइ दिँदै स्वागत गरेका थिए। उनले नर्दन तस्मानियामा रहेको नेपाली समुदायलाई थप उचाइमा पुर्याउन नयाँ कार्यसमितिको योगदान अतुलनिय हुने विश्वस व्यक्त गरेका थिए। उनले सोसाइटीले नर्दन तास्मानियाको नेपाली समुदायको पक्षमा गर्ने हरेका कार्यमा आफ्नो उत्तिकै सहयोग रहने प्रतिवद्धता गरेका छन्।

नवनिर्वाचित विष्टले नेपाली सोसाइटी अफ नर्दन तास्मानियालाई यहाँको नेपाली समुदायले अपनत्व महसुस गर्ने गरी कार्य गर्ने बताए। उनले नर्दन तास्मानियामा बसोबास गर्ने गरी आउने नेपालीलाई एयरपोर्टमै संस्थाको बारेमा जनाकारी दिने र सदस्य बनाउने प्रक्रियाबारे नयाँ कार्यसमितिले काम गर्ने केबीसी खबरलाई जानकारी दिए। उनले संस्थाका विगतका कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली भषा कला सस्कृतिको प्रर्वद्धन गर्ने मुख्य लक्ष्य रहेको बताए।

नेपालबाट सिधा नर्दन तास्मानिया आउनेलाई एरपोर्टमै लिन आउने व्यवस्था मिलाउने योजना रहेको अध्यक्ष विष्टले केबीसीलाई सुनाए। हाल कायम रहेको सोसाइटीको सदस्यता संख्यालाई बढाउन के कस्ता काम गर्ने भन्ने बारे समितिमा छलफल गरी निर्णय गरिने उनको भनाइ छ। सबैको चाहाना अनुसार आफुले संस्थाको नेतृत्व लिएको भन्दै सोसाइटीका गतिविधिमा यहाँको नेपाली समुदायले सहयोग गर्नेमा आफु विस्वस्थ रहेको उनले बताए।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० 0६:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट