April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जली अर्पणका लागि केन्द्रीय कार्यालयमा राखियो

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १३:१९
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जली अर्पणका लागि केन्द्रीय कार्यालयमा राखियो
  • नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखियो 
  • कार्यालयमा नेता-कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न भेला
  • नेम्वाङका दुई छोरा र दुई छोरीहरु रहेको, छोराहरु विदेशबाट आउने 

काठमाडौं ।।

संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । नेम्वाङको सोमबार बिहान निधन भएको थियो । पार्टी केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न भेला भएका छन् ।

घरको शौचालयमा राति १ बजेतिर बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १:५० बजे त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

नेम्वाङको निधनको खबर पाएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु अस्पताल पुगेका थिए । मन्त्रिपरिषद्को बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बतायो । नेम्वाङका दुई छोरा र दुई छोरीहरु छन् ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट