May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला

अचम्मको ढुंगा परीक्षण गर्न पुग्यो विभाग टोली

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १२:0८
अचम्मको ढुंगा परीक्षण गर्न पुग्यो विभाग टोली
  • चम्किलो ढुंगा परीक्षणका लागि विज्ञ टोली गोरखा पुगे 
  • ५४ किलोको ढुंगा विशेष सुरक्षामा जिल्ला प्रहरीको साथमा 
  • बहुमूल्य रहेको भनिए पनि परीक्षण नगरी एकीन नहुने
  • स्थानीयको विरोधपछि विज्ञ टोलीलाई जिल्लामै बोलाएर परीक्षण

गोरखा ।।

जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद गरेको चम्किलो ढुंगा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको विज्ञ टोली गोरखा आइपुगेको छ ।जियोलोजिष्ट डा. सुस्मिता भण्डारी र दुर्गा बोलाखे परीक्षणका लागि सोमबार जिल्ला आइपुगेका हुन् । आज (मंगलबार) बाट परीक्षणको काम सुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताए ।

‘ढुंगा बरामद गरेलगत्तै परीक्षणका लागि विज्ञ टोली पठाइदिन भनेर हामीले भूगर्भ विभागलाई आग्रह गर्दै पत्राचार गरेका थियौं,’ उनले भने, ‘तर विभागमै ल्याएर परीक्षण गर्न भनेपछि समस्या भएको थियो ।’


विभाग लैजान समस्या हुने भन्दै प्रशासनले पुनः पत्राचार गर्दै विज्ञ टोली पठाएर जिल्लामै परीक्षण गरिदिन आग्रह गरेपछि विभागले आवश्यक उपकरणसहित विज्ञ टोली पठाएको हो । गोरखा नगरपालिका-७ सतिपिपलस्थित एक व्यक्तिको घरबाट प्रहरीले उक्त ढुंगा बरामद गरेको थियो । ५४ किलो वजनको उक्त ढुंगा विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

उक्त ढुंगा बहुमूल्य रहेको भनिए पनि परीक्षण नगरी एकीन नहुने जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । ‘हामीले केही भूगर्भविदलाई भिडियो कल गरेर देखाउँदा यो ‘क्वार्ज क्रिष्टल’ ढुंगा हो तर कुन गुणस्तरको भन्ने कुरा परीक्षण गरेपछि मात्र थाहा हुने भन्नुभएको थियो,’ उनले भने ।

यसअघि परीक्षणका लागि उक्त ढुंगा बाहिर लैजाने चर्चा चलेको थियो । तर स्थानीयको विरोधपछि विज्ञ टोलीलाई जिल्लामै बोलाएर परीक्षण गर्न लागिएको हो ।

 

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।