sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अचम्मको ढुंगा परीक्षण गर्न पुग्यो विभाग टोली

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १२:0८
अचम्मको ढुंगा परीक्षण गर्न पुग्यो विभाग टोली
  • चम्किलो ढुंगा परीक्षणका लागि विज्ञ टोली गोरखा पुगे 
  • ५४ किलोको ढुंगा विशेष सुरक्षामा जिल्ला प्रहरीको साथमा 
  • बहुमूल्य रहेको भनिए पनि परीक्षण नगरी एकीन नहुने
  • स्थानीयको विरोधपछि विज्ञ टोलीलाई जिल्लामै बोलाएर परीक्षण

गोरखा ।।

जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद गरेको चम्किलो ढुंगा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको विज्ञ टोली गोरखा आइपुगेको छ ।जियोलोजिष्ट डा. सुस्मिता भण्डारी र दुर्गा बोलाखे परीक्षणका लागि सोमबार जिल्ला आइपुगेका हुन् । आज (मंगलबार) बाट परीक्षणको काम सुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताए ।

‘ढुंगा बरामद गरेलगत्तै परीक्षणका लागि विज्ञ टोली पठाइदिन भनेर हामीले भूगर्भ विभागलाई आग्रह गर्दै पत्राचार गरेका थियौं,’ उनले भने, ‘तर विभागमै ल्याएर परीक्षण गर्न भनेपछि समस्या भएको थियो ।’


विभाग लैजान समस्या हुने भन्दै प्रशासनले पुनः पत्राचार गर्दै विज्ञ टोली पठाएर जिल्लामै परीक्षण गरिदिन आग्रह गरेपछि विभागले आवश्यक उपकरणसहित विज्ञ टोली पठाएको हो । गोरखा नगरपालिका-७ सतिपिपलस्थित एक व्यक्तिको घरबाट प्रहरीले उक्त ढुंगा बरामद गरेको थियो । ५४ किलो वजनको उक्त ढुंगा विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

उक्त ढुंगा बहुमूल्य रहेको भनिए पनि परीक्षण नगरी एकीन नहुने जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । ‘हामीले केही भूगर्भविदलाई भिडियो कल गरेर देखाउँदा यो ‘क्वार्ज क्रिष्टल’ ढुंगा हो तर कुन गुणस्तरको भन्ने कुरा परीक्षण गरेपछि मात्र थाहा हुने भन्नुभएको थियो,’ उनले भने ।

यसअघि परीक्षणका लागि उक्त ढुंगा बाहिर लैजाने चर्चा चलेको थियो । तर स्थानीयको विरोधपछि विज्ञ टोलीलाई जिल्लामै बोलाएर परीक्षण गर्न लागिएको हो ।

 

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid