काठमाडौं । प्राकृतिकरूपमै पनि दिनको समय काम गर्नका लागि अनि रातकाे समय सुत्नका लागि निर्धारित छ । जसबारे सनातनिक शास्त्रहरूमा पनि उल्लेख छ ।
तर, रातमा काम गर्ने कतिपय मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । उनीहरूकाे लागि दिउँसाेमा सुत्नु बाध्यता छ । रातिमा काम गर्ने बाहेककाे हकमा पनि कतिपय राति पनि सुत्ने र दिउँसाे पनि सुत्ने गर्छन् । जुन उनीहरूकाे जीवनमा बानी नै परिसकेकाे हुन्छ ।
तर शास्त्र दिनमा सुत्न अनुचित मानिएको छ । शास्त्रमा जसबारे स्पष्टरूपमा कारणहरू पनि बताइएकाे छ ।
दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुने र खाना सही तरिकाले नपच्ने कुरा उल्लेख छ । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ ।
दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर, खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्ने कुरा शास्त्रमा उल्लेख छ ।
त्यस्तै दिउँसो सुत्दा ज्वरो, गलासम्बन्धी समस्या, स्मरण शक्ति कमजोर, अंग फुल्ने, आलस्य बढ्ने पनि हुन्छ । यसका अलावा धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने मान्यता छ ।
तर केही मानिसका लागि अलिकति आराम गर्नु पनि राम्रै हुन्छ । विद्यार्थीहरूले लगातार कैयौं घन्टा पढेपछि आराम गर्नका लागि दिउँसो एक झप्को लिनु ठीकै हुन्छ ।
वृद्धहरूका लागि पनि शरीर र मस्तिष्कलाई आराम दिनका लागि दिउँसो सुत्नु ठीक हुन्छ । असाध्यै क्रोधी मान्छेले पनि दिउँसो सुत्दा दिमाग शान्त हुन्छ । कडा शारीरिक मेहनत गर्ने मानिसले पनि शरीरका अंगलाई आराम दिन दिउँसो सुत्दा हुन्छ । एजेन्सीबाट