May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ?

दसैँ-तिहारका लागि पालेका कुखुरा अझै बिक्री नभएपछि…..

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १४:0२
दसैँ-तिहारका लागि पालेका कुखुरा अझै बिक्री नभएपछि…..
  • दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री भएन 
  • हाल मासु उपभोग गर्नेको संख्या घटेकाले कुखुरा बिक्री हुन सकेन 
  • कुखुराको व्यवसायभन्दा करिब ५० प्रतिशत व्यापार घट्यो 

काठमाडौँ ।।

दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री हुन नसकेको पाइएको छ । ठुला चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएका कुखुरा करिब २५ प्रतिशत अझै मौज्दात रहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए । हाल मासु उपभोग गर्नेको संख्या घटेकाले कुखुरा बिक्री हुन नसकेको उनले बताए । विगतका वर्षमा कोरोना, डेंगुका कारणले पर्वमा मान्छे उपत्यकामै बसे तर यो वर्ष उपत्यका छोड्ने धेरै भएका कारण उपत्यकामा मासुको खपत कम भएको उनले जानकारी दिए ।

यसका साथै आर्थिक मन्दी, वैदेशिक रोजगारी लगायतका कारणले पनि उपभोक्ताको संख्या कम भएकाले कुखुरा बिक्री हुन नसकेको बेलबासे बताउँछन् । दसैँमा कुखुराको व्यापार घटेको थियो । संघका अनुसार दसैँ र तिहारमा दैनिक हुने कुखुराको व्यवसायभन्दा करिब ५० प्रतिशत व्यापार घटेको थियो । उपत्यकामा ५ लाख किलो हरेक दिन कुखुराको तयारी मासु बिक्री हुन्छ । देशभर दैनिक ८ लाख किलो कुखुराको तयारी मासु बिक्री हुने संघका अध्यक्ष बेलबासेले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १४:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट