April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सामुदायिक विद्यालयले दिवा खाजा पकाएरै खुवाउनुपर्ने

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० ११:११
सामुदायिक विद्यालयले दिवा खाजा पकाएरै खुवाउनुपर्ने

वराहक्षेत्र (सुनसरी), भदौ २७ गते । इटहरी उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई दिवा खाजा विद्यालयमै पकाएर खुवाउनुपर्ने अनिवार्य नियम उपमहानगरले लगाएको छ ।

सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न सङ्घीय सरकारले बालदेखि पाँच कक्षासम्मका लागि दिवा खाजाको रकम १५ रुपियाँको दरले दिँदै आएको थियो । इटहरी उपमहानगरले बालदेखि ६ कक्षासम्मका लागि विद्यालयमै पौष्टिक दिवा खाजा खुवाउने व्यवस्था मिलाइएको छ ।

उपमहानगरले पहिलो पटक दिवा खाजाको टेण्डर जारी गरेर विद्यार्थीहरूलाई पौष्टिक खाजा खुवाउन लागेको हो । जङ्क फुड नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजा पकाएरै खुवाउन टेण्डर लगाएको उपमहानगरले जनाएको छ ।

उपमहानगर प्रमुख हेमकर्ण पौडेलले सङ्घीय सरकारबाट प्राप्त एक करोड ९८ लाख ८४ हजार रुपियाँ सङ्घीय सरकारबाट प्राप्त अनुदान र बाँकी उपमहानगरपालिकाले दिवा खाजामा लगानी गर्ने बताउनुभयो । उहाँले भन्नुभयो बालबालिकालाई पौष्टिक आहार खुवाउन नगर लागिपरेको छ । नागरिकले नगरले सामुदायिक विद्यालयको शिक्षाको विकास गर्न र बालबालिकाहरूको सर्वाङ्गीण विकास गर्न पौष्टिक खाजाले सहयोग पुग्ने छ ।”

इटहरी उपमहानगरपालिकाले दिवा खाजा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा नौ करोड ३२ लाख छ हजार २० रुपियाँ ८८ पैसा खर्च हुने उपमहानगरपालिकाले जनाएको छ ।

नगरले ल्याएको दिवा खाजा कार्यक्रमबाट उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार २८ जना लाभान्वित हुने इटहरी उपमहानगरपालिकाका शिक्षा अधिकृत सन्तोष कार्कीले बताउनुभयो ।

नगरप्रमुख पौडेलले भन्नुभयो, “सबै सामुदायिक विद्यालयहरूलाई पकाएरै खुवाउन अनिवार्य नियम लगाएका छौँ । दिवा खाजाका लागि उपमहानगरले मेन्युसहित बोलपत्र आह्वान गरिसेकेको छ । हरेक दिन फरक–फरक खाजा हुने गरी बोलपत्र आह्वान गरेको हो ।”

यस्तो छ पकाएरै खुवाउने खाजाको मेन्यु

इटहरी उपमहानगरले बारअनुसारको मेन्यु बनाएर उपमहानगर भित्रका सामुदायिक विद्यालयहरूले विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने व्यवस्था गरेको छ ।

पालिकाद्वारा सार्वजनिक गरिएको सूचनामा आइतबार प्रति विद्यार्थी दुई सय १० ग्रामको तीन किसिमका फलफूल खुवाउनुपर्नेछ ।  सोमबार विद्यार्थीहरूलाई भुटेको अण्डा र चिउरा, मङ्गलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउनपर्नेछ  भने बुधबार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ । त्यस्तै बिहीबार दही, चिउरा र तरकारी खुवाउनुपर्नेछ । शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ व्यवस्था रहेको छ । साहाकारीका लागि भने मटर–पनिर र चिउरा खुवाउनुपर्ने पालिकाद्वारा सार्वजनिक गरिएको सूचनामै उल्लेख गरिएको छ ।

यसअघि सङ्घीय सरकारले स्थानीय तहमार्फत विद्यार्थीहरूको दिवा खाजा बापतको रकम विद्यालयलाई प्रदान गर्दै आएको थियो । विद्यालयमा रकम समयमै नआउँदा खाजा खुवाउन विद्यालय प्रशासन लाई समस्या हुने गरेको थियो ।

पौष्टिक खाजाको व्यवस्था भएसँगै सामुदायिक विद्यालयहरूमा विद्यार्थीको सङ्ख्या बढ्ने बताइएको छ । इटहरी उपमहानगर क्षेत्रमा बालविकास, धार्मिक सामुदायिक विद्यालय गरी ५० ओटा विद्यालय रहेका छन् ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।