April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० 0९:0८
विराटनगर आगलागी अपडेट :  मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौ । विराटनगर– ७ सातघुम्तीस्थित एक कवाडी गोदाममा बुधवार दिउँसो भएको आगलागीमा परेर मृत्यु हुनेको सख्या तिन पुगेको छ । एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र बुझ्ने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

बुधवार विराटनगर ६ का दुखा मण्डलले सञ्चालन गरेको कवाडी गोदाममा भएको आगलागीमा एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र अर्का एक जना महिलाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । मण्डललाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमै शव फेला परेको हो । शवको पहिचान भएको छैन । मृतक महिला रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिएपछि उनको शव भेटिएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० 0९:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट