April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

पर्यटनमन्त्री किरातीद्धारा बेतनासहित दमकका खोलानालाको अवलोकन

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १0:४८
पर्यटनमन्त्री किरातीद्धारा बेतनासहित दमकका खोलानालाको अवलोकन

दमक : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सोमबार दमकका खोलानालाको सौन्दर्यीकरण तथा बेतना सिमसार निर्माणको अवलोकन गरेका छन् ।
दमकबाट दक्षिणी इलामको माङसेबुङ जानेक्रममा दमक आइपुगेका उनले दमक ४ स्थित बेतनी सिमसार सौन्दर्यकरण योजनाको स्थलगत अवलोकन गरि त्यहाँ भईरहेको कार्यका बारे जानकारी लिएका हुन् ।

बेतनी सिमसार सौन्दर्यकरण समितिकी अध्यक्ष समुन्द्रा लामाका अनुसार मन्त्री किरातीले बेतनी सिमसार सौदन्र्यकरण योजनामा भईरहेको कार्य प्रगतिका बारे जानकारी लिनुका सरोकारवालाहरुसंग समेत छलफल गरेका थिए ।

दमकका नदिनालाहरुको संरक्षण र त्यसको सौदन्यकरण गरि आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिन दमकमा स्थानीयको अगुवाईमा विभिन्न कामहरु भईरहेको दमक खोला व्यवस्थापन तथा सौदन्र्यकरण समितिका संयोजक कुलबहादुर बस्नेत (रवि )ले बताए । उनका अनुसार दमकमा दीपेनी, बेतनी, खरखरे र रातो होली लगायतका खोलाहरुको सौन्दर्यकरणको योजना अघि सारिएको छ । यि खोलाले ९ वटा वडालाई छुने र यसले रोजगार, उत्पादन र आयश्रोत बढ्ने उनको दाबी छ ।

छोटो अन्तरकृयामा स्थानीयहरुले खोलानाबाट नै दमकलाई पर्यटकीय क्षेत्रका रुपमा रुपान्तरण गरिदिन मन्त्री किरातीसमक्ष माग गरेका थिए । सरोकारपक्षको ध्यानाकर्षण ग्रहण गदैं उनले नेपालको पर्यटनलाई स्थानीय सस्कृतिसँग जोड्नुपर्ने औल्याए । प्रकृति र संस्कृतिसँग जोडेर पर्यटन विकासका लागि अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।पर्यटन प्रवर्धनका लागि रैथाने स्वाद र स्थानीय स्वामित्वसहितका खाद्य परिकारको प्रवर्धनमा जोड दिदै उनले भने, “मौलिक परिकार तथा खानाहरूलाई पर्यटनसँग जोड्नु पर्छ ।”यहाँका खोलानालाबाट पनि प्रचुर पर्यटकीय संभावना भएकाले त्यसको संरक्षण र व्यवस्थापनमा राज्यको तर्फबाट सहयोग रहने उनले प्रतिवद्धता जनाए ।

अन्तरकृयामा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, नेकपा माओवादी केन्द्र प्रदेश कमिटीका कोषाध्यक्ष गगन पुरी लगायतको उपस्थिति रहेको थियो ।दमकका खोला सौन्दर्यकरण गरेर पर्यटन क्षेत्र बनाउने योजना अनुरुप स्थानीय ,प्रदेश तथा संघीय सरकारले समेत प्राथमिकता दिएर बजेट बिनीयोजन गरिआएको दमक खोला व्यवस्थापन तथा सौन्दर्यकरण समितिका संयोजक बस्नेतले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।