June 9, 2025 | सोमवार, जेष्ठ २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारी शिक्षकको परीक्षणकाल १ वर्षको हुने

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १६:३५
सरकारी शिक्षकको परीक्षणकाल १ वर्षको हुने
  • परीक्षा उतीर्ण भइसकेका उम्मेदवारलाई एक वर्षसम्म परीक्षणकालमा राख्ने
  • परीक्षणकाल महिला शिक्षकको हकमा भने ६ महिनाको हुने
  • शिक्षक सेवा आयोगले परीक्षा सञ्चालन गर्नेछ र उतीर्ण उम्मेदवारलाई नियुक्ति सिफारिस गर्ने

काठमाडौं ।।

सरकारले शिक्षकको परीक्षा उतीर्ण भइसकेका उम्मेदवारलाई एक वर्षसम्म परीक्षणकालमा राख्ने प्रस्ताव गरेको छ । बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षक सेवाको पदमा नियुक्त गर्दा एक वर्ष परीक्षणकाल रहने प्रस्ताव गरिएको हो । परीक्षणकाल महिला शिक्षकको हकमा भने ६ महिनाको हुनेछ ।

विधेयकको दफा ५२ मा परीक्षणकालका क्रममा शिक्षकले गरेको काम सन्तोषजनक नभएमा नियुक्ति दिने अधिकारीले नियुक्ति बदर गर्न सक्ने व्यवस्था गरिएको छ ।

शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोगले परीक्षा सञ्चालन गर्नेछ र उतीर्ण उम्मेदवारलाई नियुक्ति सिफारिस गर्नेछ । शिक्षकको नियुक्ति गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले गर्ने व्यवस्था विधेयकमा राखिएको छ ।

यदि परीक्षणकालमा नियुक्ति बदर नभएमा उनको नियुक्ति स्वतः सदर भएको मानिनेछ । एकपटक परीक्षणकाल पूरा गरेको शिक्षक पुनः परीक्षणकालमा बस्नुपर्दैन ।

परीक्षणकालमा शिक्षकको कुन पक्षलाई आधार मानेर नियुक्ति सदर गर्ने वा बदर गर्ने भन्ने स्पष्ट व्यवस्था विधेयकमा गरिएको छैन । यद्यपि, विधेयकको परिच्छेद ८ मा सार्वजिनक विद्यालयका शिक्षकको आचरणसम्बन्धी व्यवस्था छ ।

जसमा राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने, दान, उपहार चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना वा सञ्चालन गर्न तथा व्यापार व्यवसाय गर्न नहुने व्यवस्था छ ।

त्यस्तै अन्य नोकरी वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने, बहुविवाह गर्न नहुने, यौनजन्य दुव्र्यवहार गर्न नहुने, यातना दिन नहुने, विदेशको स्थायी आवासीय अनुमति पत्र लिन नहुने व्यवस्था पनि राखिएको छ ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट