sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बागलुङबासीलाई सरकारले ११ वर्षपछि ट्रायलको सुबिधा दियो

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १३:४४
बागलुङबासीलाई सरकारले ११ वर्षपछि ट्रायलको सुबिधा दियो
  • चारपाङग्रेको प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु
  • मन्त्री रेशमबहादुरद्वारा चार पांग्रेको ट्रायल सुरु गरियो 
  • परीक्षाका लागि ड्राइभिङ इन्स्टिच्युटले बनाएको संरचना भाडामा

पोखरा ।।

११ वर्षपछि बागलुङमा फेरि चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु भएको छ । २०६९ सालमा सरकारले ट्रायलको नयाँ मापदण्ड ल्याएपछि जग्गाको अभावले रोकिएको चारपांग्रेको प्रयोगात्मक परीक्षा बुधबार फेरि सुरु भएको हो ।

साविकको धौलागिरि अञ्चललाई केन्द्रमा राखेर बागलुङमा चारपांग्रेको ट्रायल रोकिएपछि त्यस क्षेत्रका बासिन्दा यही कामका लागि पोखरा आउनुपर्ने थियो । सेवाग्राहीको चापले पोखरामा प्रयोगात्मक परीक्षा सकसपूर्ण, झन्झटिलो र ढिलासमेत भएको धेरैको गुनासो थियो ।

गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बागलुङमा फेरि चार पांग्रेको ट्रायल सुरु गर्न पहल सुरु गरेका थिए । अहिले त्यहीँको निजी ड्राइभिङ सेन्टरसँग सम्झौता गरी चारपांग्रेको परीक्षा सुरु गरिएको हो ।

बागलुङ नगरपालिका–१ रामरेखामा ट्रायल सेन्टर लिइएको छ । दुईपाग्रेको ‘ट्रायल’ परीक्षा पनि सोही ठाउँमा सञ्चालन हँुुदै आएको यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिङ थापाले जानकारी दिए ।

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्स्टिच्युटले बनाएको संरचना भाडामा लिएको हो । चार पांग्रेको ट्रायल सुरुआत गर्दै यातायात व्यवस्थामन्त्री जुग्जालीले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिंगै धवलागिरि क्षेत्र लाभान्वित हुने बताए ।

यातायात व्यवस्था कार्यालय पोखरामा विचौलिया निर्मुल गर्ने अभियानै सुरु गरिएको र बागलुङको ट्रायलमा पनि त्यो कल्पना नगर्न मन्त्री जुग्जालीले निर्देशन दिए ।

‘दुख नगरी लाइसेन्स पाइन्छ कि भनेर सेवाग्राहीले पनि नसोच्नु होला । कास्कीमा धेरै सुधार गरेका छौं, तनहुँको डुम्रेमा पनि राम्रो भइरहेको छ, नवलपुरमा पनि निर्देशन गरेका छौं’, मन्त्री जुग्जालीले भने, ‘बागलुङमा पनि दुई वटा काम गर्दै नगर्नुहोला । एउटा बिचौलियालाई प्रवेश गराउने काम गर्दै नगर्नु, अर्को २-४ पैसाको लोभमा लाइसेन्स दिन सकिन्छ कि नसोच्नुहोला ।’

अहिलेको प्रविधिको जमानामा सबै परीक्षा सरकारको निगरानीमा हुने र प्रत्येक काम अहिले जनताको निगरानी रहने मन्त्री जुग्जालीको भनाइ थियो । मन्त्री जुग्जालीले जनता प्रत्यक्ष जोडिने यातायात क्षेत्र सुधार नहुँदा व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको र त्यसको चित्र बदल्नुपर्ने बताए ।

बागलुुङमा यसअघि (ए) र (के) वर्ग (दुुई पाङ्ग्रे) को मात्र परीक्षा सञ्चालन हुुने गरेको थियो । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपांग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने सेवाग्राहीको विश्वास छ । बुधबारमात्रै पहिलो पटक १०७ जना प्रयोगात्मक परीक्षामा सहभागी भएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid