July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा : रवि लामिछाने

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १५:२८
चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिटप्रति खेद प्रकट गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत यस्ता क्रियाकलापलाई अराजकताको पराकाष्ठा भएको बताएका छन्।

‘चिकित्सकमाथीको कुटपिट अराजकताको पराकाष्ठा हो। लापरबाही र जटिलता, आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन,’ उनले भनेका छन्, ‘त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गर्द्छु। चिकित्सक कुट्ने माथि कडा भन्दा कडा कारवाही होस्। गृहमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

हेटौंडाको सन्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौंडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डाक्टर प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापामाथि केही युवाहरुले हातपात गरेका थिए।

केही समयअघि चितवनमा मृत्यु भएका एक बिरामीका आफन्तहरूले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरमाथि कुटपिट गरेका हुन्।

कुटपिट गर्ने बिरामीका मृतकको श्रीमती र छोरीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १५:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्