sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कर्णालीमै पहिलो पटक एमआरआई सेवा सुरु

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० ११:२६
कर्णालीमै पहिलो पटक एमआरआई सेवा सुरु

सुर्खेत, भदौ २९ गते । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट सेवा सुरु गरिएको छ । शुक्रवार प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले सेवाको सुरुवात गर्नुभएको हो ।

करिब दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरू इन्स्टल गरेर एमआरआई मार्फत सेवाहरू सुचारु गरिएको हो । विगत १५ महिना देखिको लामो प्रयासपछि नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट कर्णालीका नागरिकलाई सेवा दिन पाउँदा आफू एकदम खुसी भएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले बताउनुभयो । सुर्खेतमै एमआरआई मेसिनबाट सेवा सुरु भएपछि अब उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको उहाँले बताउनुभयो ।

उक्त मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको एमआरआई मेसिन उच्च गुणस्तर र प्राविधिक विवरण प्राविधिक विशिष्टताका हिसाबले उच्च गुणस्तर रहेको छ । अहिले सम्म नेपालकै सबै भन्दा बढी क्षमता भएको दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहीन एमआरआई मेसिन जडानले कर्णालीका नागरिकलाई उपचारमा धेरै सहज हुने अपेक्षा छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उपलब्ध गराएको थियो । उक्त मेसिन नेपाली रुपैयाँ २९ करोड ७१ लाख परेको हो । मेसिन २०२३ मा निर्मित भएर परीक्षण गरिएको मेसिन हो ।

पछिल्लो समय प्रदेश अस्पतालमा विभिन्न सेवाहरू विस्तार हुँदै आइरहेका छन् । केही समय अगाडी मुटु रोग सम्बन्धी समस्या भएका बिरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले मुटु रोग सम्बन्धी ओपिडी सेवाको सुरुवात गरिएको गरिएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid