May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

कर्णालीमै पहिलो पटक एमआरआई सेवा सुरु

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० ११:२६
कर्णालीमै पहिलो पटक एमआरआई सेवा सुरु

सुर्खेत, भदौ २९ गते । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट सेवा सुरु गरिएको छ । शुक्रवार प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले सेवाको सुरुवात गर्नुभएको हो ।

करिब दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरू इन्स्टल गरेर एमआरआई मार्फत सेवाहरू सुचारु गरिएको हो । विगत १५ महिना देखिको लामो प्रयासपछि नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट कर्णालीका नागरिकलाई सेवा दिन पाउँदा आफू एकदम खुसी भएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले बताउनुभयो । सुर्खेतमै एमआरआई मेसिनबाट सेवा सुरु भएपछि अब उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको उहाँले बताउनुभयो ।

उक्त मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको एमआरआई मेसिन उच्च गुणस्तर र प्राविधिक विवरण प्राविधिक विशिष्टताका हिसाबले उच्च गुणस्तर रहेको छ । अहिले सम्म नेपालकै सबै भन्दा बढी क्षमता भएको दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहीन एमआरआई मेसिन जडानले कर्णालीका नागरिकलाई उपचारमा धेरै सहज हुने अपेक्षा छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उपलब्ध गराएको थियो । उक्त मेसिन नेपाली रुपैयाँ २९ करोड ७१ लाख परेको हो । मेसिन २०२३ मा निर्मित भएर परीक्षण गरिएको मेसिन हो ।

पछिल्लो समय प्रदेश अस्पतालमा विभिन्न सेवाहरू विस्तार हुँदै आइरहेका छन् । केही समय अगाडी मुटु रोग सम्बन्धी समस्या भएका बिरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले मुटु रोग सम्बन्धी ओपिडी सेवाको सुरुवात गरिएको गरिएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।