September 17, 2024 | मङ्लबार, अशोज १, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

लुम्बिनीका मुख्यमन्त्री गिरीले शपथ लिँदै, आजै सानो आकारकाे मन्त्रिमण्डल गठन गरिने

  • साझा परिवेश
  • बिहिबार, पुस २८, २०७९ 0९:१६
लुम्बिनीका मुख्यमन्त्री गिरीले शपथ लिँदै, आजै सानो आकारकाे मन्त्रिमण्डल गठन गरिने

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्।

प्रदेश प्रमुखको कार्यालयले लुम्बिनी प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा आज दिउँसो १ बजे उनकाे पद तथा गोपनीयताको शपथ ग्रहण समारोहकाे आयाेजना गरेकाे हाे।

नेपालको संविधान धारा १७२ बमोजिम मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश कानुन बमोजिम पद तथा गोपन‍ीयताको शपथ लिनुपर्ने उल्लेख छ।

हिजाे बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यस्तै, आजै ३ देखि ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी छ। एमाले, माओवादी र अन्य साना दलहरूको सहभागितामा सानो आकारकाे मन्त्रिमण्डल गठन गर्ने नवनियुक्त मुख्यमन्त्री गिरीकाे तयारी छ।

  • साझा परिवेश
  • बिहिबार, पुस २८, २०७९ 0९:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्