May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

जाइका नेपालका प्रमुखमाथि ढुंगा प्रहार, जापानको गम्भीर आपत्ति

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १२:४६
जाइका नेपालका प्रमुखमाथि ढुंगा प्रहार, जापानको गम्भीर आपत्ति

काठमाडौँ- जाइका नेपालका प्रमुख अकिमित्सु ओकुबोमाथि ढुंगा प्रहार भएको छ। बुधबार उनीमाथि काठमाडौँमा ढुंगा प्रहार भएको नेपालस्थित जापानिज दूतावासले जनाएको छ। ढुंगा प्रहारबाट गाडीमा पनि क्षति पुगेको दूतावासको भनाइ छ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकरी प्रहारको विरोधमा नेविसंघले गरेको प्रदर्शनका क्रममा ढुंगा प्रहार भएको बताइएको छ। प्रहरीले घटनाका विषयमा कुनै उजुरी नआए पनि अनुसन्धान भने गरिरहेको बताएको छ।

दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति खेद प्रकट गरेको छ। ‘शान्तिपूर्ण प्रदर्शनको अधिकार लोकतन्त्रको आधारभूत अभिव्यक्ति स्वतन्त्रताको अंग हो मानिन्छ। तर जब यो हिंसामा परिणत हुन्छ, त्यो अपराध कार्यबाहेक अरु केही हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

दूतावासले नेपाल सरकारले विदेशी पर्यटक र बाह्य लगानीलाई प्रवद्र्धन गरिरहेको अवस्थामा हुन गएको यस्ता घटनाले नेपालको प्रयत्नलाई प्रतिकूल असर पर्ने जनाएको छ।

‘हामीले नेपालमा बसोबास गर्ने जापानी नागरिकहरुलाई यस्ता घटनादेखि जोगिन सचेत गराएका छौँ। त्यसैगरी नेपाल विदेशीहरूका लागि शान्तिपूर्ण र आकर्षक मुलुक रहिरहने कुरामा हामी आशावादी छौँ,’ विज्ञप्तिमा उल्लेख छ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १२:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट