April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

कोशराज रेग्मी स्मृति पुरस्कार रासस अध्यक्ष झालाई

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १५:५१
कोशराज रेग्मी स्मृति पुरस्कार रासस अध्यक्ष झालाई

मोरङ / कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ । पिताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले आज विराटनगरमा आयोजना गरेको सो कार्यक्रममा झालाई पुरस्कार प्रदान गरिएको हो ।

उनलाई रु २५ हजार राशिको पुरस्कार र सम्मानपत्रले सम्मान गरिएको छ । उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदान गरेका छन्। लामो समयदेखि पत्रकारितामा पु¥याएको योगदानको कदरस्वरुप झालाई सम्मान गरिएको पत्रकार महासङ्घ मोरङले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष झा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका छन् । कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०४५ सालदेखि निरन्तर मोति जयन्तीका अवसर पारेर प्रदान गरिँदै आएको छ । मोति जयन्तीका दिन शोक बिदा भएकाले एक दिन ढिलो गरेर पुरस्कार वितरण गरिएको पत्रकार महासङ्घ मोरङले बताएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १५:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।