May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा निषेध

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० १0:१४
पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा निषेध

काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले पशुपति मन्दिर वरपर मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको छ। उसले चार किल्ला तोकेर यी पदार्थ किनबेचमा रोक लगाएको हो।

आइतबार सार्वजनिक सूचना जारी गर्दै पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने ध्येयले मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको जिल्ला प्रशासन कार्यालयले बताएको छ।

‘हिन्दु नारीहरूको महान् चाड हरितालिका ९तीज० पर्व आगामी २०८० असोज १ गते सोमबार पर्ने भएकोले सो पर्वलाई ध्यानमा राखी भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले देहायको चार किल्लाभित्र कसैले पनि मास, मंदिरा तथा नशालु पदार्थहरू उत्पादन बेचबिखन, ओसारपसार भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार आगामी भदौ ३१ गतेदेखि नै लागू हुने गरी पूर्ण रूपमा रोक लगाइएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप हुने कुनै काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ।

पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्वको भाग तोकिएको छ। पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिमसम्मको भाग तोकिएको छ। उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तरको भाग तोकिएको छ। दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्मको भाग तोकिएको छ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० १0:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।