July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

राष्ट्रियसभा चुनावका लागि दल दर्ताको सूचना प्रकाशित

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १0:0९
राष्ट्रियसभा चुनावका लागि दल दर्ताको सूचना प्रकाशित

काठमाण्डाै – आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले दल दर्ताको सूचना प्रकाशित गरेको छ । यसअघि सार्वजनिक भएको चुनावी कार्यतालिकाअनुसार आयोगले आज शुक्रवार सूचना प्रकाशित गरेको हो ।

राष्ट्रियसभा चुनावका लागि पर्सि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ता गर्न आयोगले भनेको छ । चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ ।

यस्तै पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । पुस २० गतेदेखि २९ गतेसम्म मतदाता नामावलीको नाम प्रकाशित गर्ने, त्यसमाथि दाबी विरोध तथा उजुरीहरू लिने, अन्तिम नामावली प्रकाशित गर्ने, उम्मेदवारको मनोनयन दर्ता गर्ने, त्यसमाथि दाबी, विरोध, उजुरी लिने, त्यसमा जाँचबुझ गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, फिर्ता लिने लगायतका कामहरू हुने आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले प्रदेशको राजधानीमा अनुकूल हुनेगरी मतदानस्थल तोक्नेछ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन आयोगले पछिल्लो जनगणनाअनुसार राष्ट्रियसभा चुनावको मतभार पनि परिवर्तन गरेको छ । राष्ट्रिय जनगणना कार्यालयले दिएको पछिल्लो जनगणनाअनुसार प्रदेशसभा सदस्यको हकमा ५३ र पालिकाका मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको हकमा १९ मतभार रहनेगरी आयोगले निर्णय गरेको हो ।

फागुन २० गते रिक्त हुने २० जना राष्ट्रियसभा सदस्यमध्ये १९ वटा पदका लागि सरकारले माघ ११ गते चुनावको मिति घोषणा गरेको हो । रिक्त १ जना राष्ट्रियसभा सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १0:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्