May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

यसरी बनाउनुस् मीठो खीर

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० १0:१९
यसरी बनाउनुस् मीठो खीर

महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने प्रचलन छ । भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने प्रचलन रही आएको छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ ।
खीर बनाउन चाहिने आवश्यक सामग्री
– दुध १ लिटर
– चिनी आवश्यक मात्रामा
– चामल बासमती वा ताइचिन आवश्यक मात्रामा
– ल्वाङ २–३ पिस
– तेजपात १–२ पात

– काजुका टुक्रा २ सानो चम्चा
– नरिवलका टुक्रा २ सानो चम्चा
– छोकडाका टुक्रा २ सानो चम्चा
– सुकुमेल २–३ पिस
– किसमिस ६–७ पिस
खीर बनाउने तरिका
– सर्वप्रथम चामललाई केलाएर सफा पार्नुहोस् ।
– खीर बनाउन आवश्यक चामललाई सफा पानीले राम्ररी पखाल्नुहोस् ।
– चुलोमा आगो बाल्ने र दुध हालेर डेक्ची बसाल्ने ।
– दुधलाई राम्ररी तात्न दिने ।
– धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने ।
– आगोमा दुध र चामल केही मिनेटसम्म पकाउने ।
– दुधमा चामल छड्किन थालेपछि काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा,चिनी, तेजपात हालेर छोप्ने ।
– चामल र मसलालाई सानो आगोमा १२र१५ मिनटसम्म पकाउने ।
– यसरी तपाईको खीर तयार हुन्छ । त्यसपछि खीरलाई चुलोबाट उतार्ने र मनतातो अवस्थामा भएपछि खीर खानुहोस् ।

  • साझा परिवेश
  • आइतवार, भदौ ३१, २०८० १0:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।