April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

एलिना- साउन्ड सिस्टम बिवाद : एलिनाको बचाउमा लोक तथा दोहोरी प्रतिष्ठान

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २८, २०८० 0८:१९
एलिना- साउन्ड सिस्टम बिवाद : एलिनाको बचाउमा लोक तथा दोहोरी प्रतिष्ठान

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने साउन्ड सिस्टम व्यवसायीहरूको विज्ञप्ति प्रति गम्भीर आपत्ति जनाएको छ । यो स्तरको अव्यवहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याई कलाकार र साउन्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सिर्जना गर्न प्रतिष्ठानले आग्रह गरेको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी आजीवन सदस्य रहेको गायिका चौहानले गत फाल्गुण २० गते पर्वतमा सम्पन्न मगर महोत्सव – २०८० मा आफ्नो प्रस्तुति राख्ने क्रममा साउन्ड टेक्निसियनसँग विवाद भएको थियो । विवादको विषयलाई लिएर साउन्ड सिस्टम व्यवसायीहरूले जारी गरेको विज्ञप्ति र सो विज्ञप्तिमा उल्लिखित शब्दावलीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कलाकार र साउन्ड इन्जिनियर, टेक्निसियन बिचको अन्योन्याश्रित सम्बन्धलाई समेत ओझेल पार्ने गरि यति संवेदनशील विषयमा एकपक्षीय रूपमा विज्ञप्ति जारी गरि गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने भन्ने जस्ता गैरजिम्मेवार र बहिस्कारको सोचबाट उद्धत अभिव्यक्ति प्रति हाम्रो घोर आपत्ति छ । यो स्तरको अव्यवहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याई कलाकार र साउन्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सृजना गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौँ ।’

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २८, २०८० 0८:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।