April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

अदालतमा न्यायाधीश नहुँदा सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १३:४९
अदालतमा न्यायाधीश नहुँदा सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित

काठमाडौं– जिल्ला अदालत काठमाडौंमा न्यायाधीश अभाव हुँदा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ।न्यायाधीश अभावका कारण लामिछानेविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए।

सन्दीपविरुद्धको मुद्दामाथि आज अदालतमा रहेका न्यायाधीश कुनैकोमा पनि पेसी नपरेपछि सुनुवाइ स्थगित भएको उनको भनाइ छ। जिल्ला अदालत काठमाडौंमा सरुवा, बढुवा र तीज बिदाका कारण आज १२ जना न्यायाधीश अनुपस्थित रहेको बताइन्छ।

२८ न्यायाधीश भएको काठमाडौं जिल्ला अदालतमा आज १६ जना न्यायाधीश मात्रै उपस्थित हुँदा ४० वटा मुद्दा स्थगित भएका छन्। यसअघि २१ भदौको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो।

त्यस दिन न्यायाधीश कार्कीले मुद्दा हेर्दाहेर्दैमा राख्ने प्रस्ताव गरेकी थिइन्। त्यसपछि सन्दीपका अधिवक्ता सरोज घिमिरेले भने बसाइँ सर्नुअघिको नगरपालिकाको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुन सक्ने भन्दै त्यो कागजात मगाउन माग गरेका थिए।

अधिवक्ता घिमिरेको आग्रहपछि न्यायाधीश कार्कीको इजलासले बसाइँ सरी जानुअघिको पालिकाबाट फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको थियो। त्यसअघि पनि अदालतले बसाइ सरी गएको पालिकाबाट जन्ममिति भएको कागजात मागेको थियो।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध गत वर्ष २१ भदौमा एक नाबालिग किशोरी जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि २० असोजमा नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा सन्दीपलाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। १८ पुसमा उच्चले उनलाई २० लाख धरौटीमा ससर्त रिहा गरेको थियो।

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १३:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।