May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

केकी र रीमाले ‘ह्याप्पी डिभोर्स’ मा खेल्ने

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १२:५२
केकी र रीमाले ‘ह्याप्पी डिभोर्स’ मा खेल्ने
  • बिमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने
  • उनी सात वर्षदेखि अमेरिकामा बसोबास गरेर आए 
  • फिल्ममा निर्देशक समेत रहेका विमलेशको शीर्ष भूमिका समेत हुने

काठमाडौं ।।

केकी अधिकारी र रीमा विश्वकर्मालाई शीर्ष भूमिकामा लिएर बिमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने भएका छन् । यो उनको डेब्यु निर्देशन हुनेछ ।

फिल्म उद्योगमा यी तीनजना कलाकार निकट मानिन्छन् । फिल्ममा अभिनय गर्दागर्दै अधिकारी अमेरिका हानिएका थिए । उनी सात वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

फिल्ममा निर्देशक समेत रहेका विमलेशको शीर्ष भूमिका समेत हुनेछ । मंगलबार आयोजना हुने घोषणा समारोहमा विमलेशले फिल्मको औपचारिक जानकारी दिनेछन् जहाँ अन्य कास्ट एण्ड क्रिउबारे पनि विस्तृत खुलाइनेछ ।

दशैंपछि छायांकन हुने फिल्ममा पछिल्लो समय सहरमा व्याप्त ह्याप्पी डिभोर्सको प्रवृत्तिलाई चित्रण गरिनेछ । विमलेश पछिल्लोपटक २०७३ सालमा प्रदर्शन भएको फिल्म ‘जंगबहादुर कोट’मा देखिएका थिए ।

‘ह्याप्पी डिभोर्स’ एकातिर उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ भने अर्कोतिर कमब्याक फिल्म समेत । तुलसी, मुटु, ब्रेकफेल, मेरो बेस्टफ्रेन्ड, को हुँ मजस्ता फिचर फिल्म समेत दर्जनौं म्युजिक भिडियोमा उनले अभिनय गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।