sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आजबाट दुई नयाँ नेपाली फिल्म ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा

  • साझा परिवेश
  • शुक्रबार, भदौ ७, २०८१ ११:४५
आजबाट दुई नयाँ नेपाली फिल्म  ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा

काठमाडौँ । आजबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एक अर्काेसँग भिड्न लागेका हुन् । लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ महिलाको कथामा बनेको हो भने ‘नमेटिने घाउ’ले एसिड पीडितको कथा उठाएको छ ।

सतीदेवी

अभिनेत्री मलिका महतको मुख्य भूमिका रहेको ‘सतीदेवी’मा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, ईश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।

फिल्ममा अभिनेत्री मलिकाले लमजुङकी एक ग्रामीण युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गरेकी छन् । छोरीको कथामा निर्माण भएको फिल्ममा बाबु र छोरीबिचको स्नेही सम्बन्ध र समाजको पितृसत्तात्मक सोच विरुद्धको सङ्घर्षको कथा छ । निर्देशक सुवेदीले फिल्म ‘सतीदेवी’ नभएर एउटा क्रान्ति भएको बताउँदै आएका छन् ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

नमेटिने घाउ

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल र सांसद ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको फिल्म ‘नमेटिने घाउ’ ले ३३ जना एसिड पीडितहरूको कथा उठाएको छ ।

मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको फिल्म रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा बनेको हो ।

फिल्ममा नीरज कँडेलको छायाङ्कन, बनिश शाहको सम्पादन, ओम सुनारको सङ्गीत रहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ ७, २०८१ ११:४५

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid