March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु

आपसी विवादमा सुन पसलेले हाने तेजाव, वृद्धसहित दुईजना घाइते

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:२३
आपसी विवादमा सुन पसलेले हाने तेजाव, वृद्धसहित दुईजना घाइते

धादिङको गजुरी गाउँपालिका-२ स्थित मलेखुमा एकजना सुनचाँदी पसलेले तेजाव हान्दा दुईजना घाइते भएका छन्।

स्थानीय प्रविण विकले आफ्नै सुनचाँदी पसलमा रहेको तेजाव प्रहार गर्दा दुईजना घाइते भएका बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

मंगलबार दिउँसो सवा २ बजेको समयमा विकले सञ्चालन गरेको भद्रकाली सुन चाँदी पसलमा मादक पदार्थ पिएका एकजना व्यक्ति आएर विवाद गरेका थिए।

विवाद बढ्दै गएपछि आक्रोशित पसल सञ्चालक विकलले गहना निर्माणका लागि प्रयोग गर्न राखिएको तेजाव हानेका थिए।

बेनिघाट रोराङ गाउँपालिका-३ मा बस्ने ३२ वर्षीय विकले हानेको तेजावले लागेर बेनिघाट रोराङ गाउँपालिका-३ रातमाटा बस्ने १८ वर्षीय दिपेश क्षत्री र उक्त पालिकाकै ६३ वर्षीय डम्बरबहादुर पुलामी घाइते भएका हुन्।

क्षत्रीको शरीरमा तेजावले केही ठाउँ जलेको छ। उनको उपचारपछि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पुलामीको भने अनुहार र शरीर पनि जलेकाले थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको छ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट